सुदूरपश्चिम पृतना तालिम शिक्षालयका ६३ सेनामा कोरोना संक्रमण | Khabarhub Khabarhub

सुदूरपश्चिम पृतना तालिम शिक्षालयका ६३ सेनामा कोरोना संक्रमण


२२ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- कैलालीमा एकैदिन ६३ जना नेपाली सेनामा कोरोना संक्रमण देखिएको छ ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा सोमबार भएको परीक्षणमा उनीहरुलाई कोरोना संक्रमण देखिएको हो ।

कोरोना संक्रमण देखिएका सैनिकहरु लम्कीचुहा नगरपालिकामा रहेको सुदूरपश्चिम पृतना तालिम शिक्षालय गोरुंगेमा कार्यरत रहेको जनाइएको छ ।

शिक्षालयमा कार्यरत चार जनामा सेनामा संक्रमण देखिएपछि त्यहाँ रहेका २४५ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि धनगढीस्थित प्रयोशालामा पठाइएको थियो ।

यसअघि डोटीमा कार्यरत २१ ज्ना सैनिकमा पनि एकैदिन कोरोना संक्रमण देखिएको भएको थियो ।

उनीहरुलाई कोरोना संक्रमण पुष्टि भएसँगै सुदूरपश्चिममा नेपाली सेनाका सबै गुल्ममा विशेष सावधानी अपनाउन निर्देशन दिइसकेको सुदूरपश्चिम पृतनाले जनाएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार  ६ : ३१ बजे

जनमुखी बजेट बनाउन एमाले शीर्ष नेताको सुझाव

काठमाडौं– आगामी आर्थिक वर्ष २०८२ ८३ बजेटमा सम्बोधन गरिनुपर्ने विषयमा

वडाध्यक्षले अधिकृतलाई हात हालेपछि पोखरा महानगरमा काम ठप्प 

पोखरा– प्रशासन महाशाखाका सातौँ तहका अधिकृतमाथि प्रमुख प्रशासकीय अधिकृतकै सामुन्ने

पाँच करोड लगानीमा दोबामा ‘एक घर, एक धारा’, २२ घरपरिवार लाभान्वित

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवामा ‘एक घर, एक धारा’ सहितको

भारत-पाकिस्तान तनावका बेला नेपाल सरकारले कूटनीतिक कौशल देखाउनुपर्छ : सांसद साउद

काठमाडौं– नेपाली कांग्रेसका सांसद एनपी साउदले भारत र पाकिस्तानबीचको पछिल्लो

लागूऔषध कारोबारमा संलग्न तीन जना पक्राउ

सुनसरी– प्रहरीले धरानका विभिन्न ठाउँबाट प्रतिबन्धित लागूऔषधसहित दुइजनाई पक्राउ गरेको