कर संकलन गर्न ३ दिन बैंकका सबै राजश्व काउन्टर खुला राख्न निर्देशन « Khabarhub

कर संकलन गर्न ३ दिन बैंकका सबै राजश्व काउन्टर खुला राख्न निर्देशन


२२ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल राष्ट्र बैंकले मंगलवारदेखि आगामी बिहीवारसम्म बैंक तथा वित्तीय संस्थाका राजस्व संकलन हुने सबै शाखा तथा काउन्टरहरु खुला गर्न निर्देशन दिएको छ ।

केन्द्रीय बैंक तथा वित्तीय संस्था नियमन विभागले सोमवार सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्था र नेपाल क्लियरिङ हाउस लिमिटेडलाई राजस्व संकलनका लागि तीन दिनसम्म शाखा तथा काउन्टरहरु खुला गर्न निर्देशन दिएको हो ।

सरकारले भदौ २५ सम्म राजस्व तिरिसक्न करदाताहरुलाई भनेको छ । राजस्व उठाउने म्याद नजिकिदै गएको भन्दै केन्द्रीय बैंकले ती संस्थाका शाखा कार्यालयहरु खुला गर्न निर्देशन दिएको हो ।

कोरोना महामारीपछि निषेधाज्ञा लागू गरिएका कारण अहिले बैंक तथा वित्तीय संस्थाका सिमित शाखाहरु केहि साता अघिदेखि सञ्चालनमा रहेका छन् ।

सिमित शाखामात्रै खोल्दा भीड अत्यधिक हुने भन्दै सहज तरिकाले राजस्व तिर्ने वातावरण बनाउन निर्देशन जारी गरिएको सूचनामा केन्द्रीय बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालले भनेका छन् ।

बैंकद्वारा जारी विज्ञप्ति

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार  ७ : २६ बजे

सडकमा उत्रिए बिर्तामोडका सुकुम्वासी, डोजर आतंक बन्द गर्न माग

झापा- बिर्तामोडका सुकुम्वासीहरूले डोजर आतंक बन्द गर्न माग गर्दै बुधबारदेखि

दीपक भट्ट र सुलभ अग्रवालको हिरासत बसाइ लम्बियो, अदालतले दियो थप १२ दिन म्याद

काठमाडौं– विशेष अदालतले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी मुद्दामा आरोपित

भरतपुरमा फोहोरमैला व्यवस्थापन नीतिनिर्माणलाई पहिलो प्राथमिकता

भरतपुर– भरतपुर महानगरपालिकाका कार्यवाहक नगरप्रमुख चित्रसेनअधिकारीले फोहोरमैला व्यवस्थापन तथा न्यूनीकरणका

एक वर्षमा छ वटा पाटेबाघ मरे

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा छ वटा पाटेबाघ

मध्यपूर्व युद्ध अन्त्य गर्न चीनको आह्वान

एजेन्सी– मध्यपूर्वमा बढ्दो तनावबीच चीनले तत्काल र पूर्ण रूपमा लडाइँ