कतारबाट विहीबार नेपाल एयरलाइन्सले उडान भर्दै, प्राथमिकतामा ५८७ यात्रु « Khabarhub

कतारबाट विहीबार नेपाल एयरलाइन्सले उडान भर्दै, प्राथमिकतामा ५८७ यात्रु



दोहा – कोरोना भाइरसको महामारी लगायत विभिन्न कारणले कतारबाट स्वदेश फर्कन चाहने नेपालीहरुका लागि आगामी सेप्टेम्बर १० तारिख (विहीबार) नेपालय एयरलाइन्सले उडान भर्ने भएको छ ।

नेपाल फर्किनका लागि दूतावासमा नाम दर्ता गराएका तथा प्राथमिकतामा परेका ५८७ यात्रुहरुको नामावली पनि दूतावासले सार्वजनिक गरिसकेको छ ।

स्वदेश फर्किने यात्रुहरुले नेपाल सरकारको निर्णय बमोजिम पीसीआर परीक्षण गरी ७२ घण्टा भित्रको कोभिड-१९ नेगेटिभ सेर्टिफिकेटको सक्कल प्रमाण साथमा राख्नु पर्ने दूतावासले जनाएको छ ।

पीसीआर परीक्षण नगरी जान चाहनेहरुको हकमा आफ्नै खर्चमा ७ दिनको होटल क्वारेन्टिनमा बस्नुपर्ने र पीसीआर परीक्षण गरेका र नगरेका यात्रुहरु एउटै उडानमा यात्रा गर्न नपाईने मापदण्ड तय गरिएको छ ।

होटल क्वारेन्टिनको खर्च टिकट काट्ने बेलामा लिने र होटललाई भुक्तानी गर्ने कार्य सम्बन्धित एयरलाईन्सले नै गर्नेछ।

पीसीआर परीक्षण गर्नका लागि कतारका सरकारी स्वास्थ्य केन्द्र वा कतार सरकारबाट अनुमति प्राप्त प्राइभेट अस्पतालहरुमा सम्पर्क राख्न सकिने दूतावासले जनाएको छ ।

यसैगरी, हिमालय एयरलाइन्सको दोहा-काठमाण्डौ सेक्टरका लागि सेप्टेम्बर ८ र २३ तारिखमा उडान तय भएको दूतावासले जनाएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार  ८ : ३३ बजे

तनहुँमा सुन्तला उत्पादन तथा बिक्रीको विवरण सङ्कलन गरिँदै

तनहुँ– तनहुँस्थित कृषि विकास कार्यालयले जिल्लाभित्र उत्पादित सुन्तलाको विवरण सङ्कलन

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

काठमाडौं – नेकपा (एमाले)को नयाँ नेतृत्वका लागि भएको मतदान सम्पन्न

एउटै वडाका ५३८ घरमा पानीको घारा

बागलुङ– गण्डकी प्रदेश सरकारको सबै घरमा खानेपानीको धारा पु¥याउने अभियानअन्तर्गत

एमाले महाधिवेशनको मतदान सकियो: २२२७ मत खस्यो, ३६ अनुपस्थित

काठमाडौं – बुधबार बिहानदेखि सुरु भएको नेकपा (एमाले)को ११ औं

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल