दैनिक कोरोना संक्रमण बृद्धिमा अमेरिकाभन्दा भारत अगाडि, एकैदिन ७५ हजारमा संक्रमण « Khabarhub

दैनिक कोरोना संक्रमण बृद्धिमा अमेरिकाभन्दा भारत अगाडि, एकैदिन ७५ हजारमा संक्रमण


२३ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दैनिक कोरोना संक्रमण बृद्धिमा केही दिन यता भारत सबैभन्दा अगाडि देखिएको छ ।

कोरोना भाइरसको धेरै संक्रमण हुने देशको सूचीमा सोमबारदेखि दुई नम्बरमा पुगेको भारत दैनिक संक्रमण बृद्धिमा भने अमेरिकाभन्दा अघि छ ।

विश्वमै सबैभन्दा बढी संक्रमित भएको अमेरिका भन्दा भारतमा दैनिक बृद्धिदर दोब्बरले बढी हुन थालेको छ । अमेरिका हालसालका दिनहरूमा दैनिक औषत ४० हजार संक्रमित देखिन थालेका छन् भने भारतमा दैनिक बृद्धिदर औषत ८० हजार हाराहारी छ ।

यसैबीच भारतमा पछिल्लो २४ घण्टामा ७५ हजारभन्दा बढीमा संक्रमण देखिएको छ ।

यसअघि सोमबार ९१ हजार ७२३ जनामा संक्रमण पुष्टि भएर नयाँ कीर्तिमान कायम गरेको भारतमा मंगलबार भने संक्रमित संख्या केही घटेको हो ।

मंगलबार बिहान यो समाचार तयार पार्दासम्म भारतमा ७५ हजार २२ जना संक्रमित भएका छन् । योसँगै भारतमा कोरोना संक्रमितको संख्या ४२ लाख ७७ हजार ५८४ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ३३ लाख २१ हजार ४२० जना संक्रमणमुक्त भएका छन् भने ८ लाख ८३ हजार ३४८ जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ७२ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १ हजार १२९ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ७२ हजार ८१६ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७७, मंगलबार  ५ : ४८ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको