कतारबाट थप १४५ नेपाली स्वदेश फर्किए « Khabarhub

कतारबाट थप १४५ नेपाली स्वदेश फर्किए


२४ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कतारबाट थप १४५ नेपाली स्वदेश फर्किएका छन् । कोरोना भाइरसलगायत अन्य विभिन्न कारणले कतारबाट स्वदेश फर्किन नसकेका नेपाली नागरिकहरू मध्ये नेपाली दूतावासको समन्वय र नेपाल सरकारको सहजीकरणमार्फत ३५औं उडानबाट १४५ जना नेपाली स्वदेश फर्किएका हुन् ।

हिमालय एयरलाइन्सको ९५६३२ उडानमार्फत उनीहरु दोहाबाट काठमाडौं फर्किएको कतारस्थित नेपाली दूतावासका द्वितिय सचिव प्रबीण भट्टराईले जानकारी दिए ।

दुवै उडानमा समावेश भएका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले कोभिड -१९ परीक्षण गरी पीसीआर नेगेटिभ भएको प्रमाणपत्रसहित यात्रा गरेको सचिव भट्टराईले बताए ।

स्वदेश फर्कन लागेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको यात्राको समन्वय, सहजिकरण तथा बिदाई गर्न दूतावासका कर्मचारीहरु हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।

दूतावासका अनुसार नेपाल एयरलाइन्सले दोहा-काठमाडौं सेक्टरका लागि भोलि उडान गर्ने छ । त्यस्तै हिमालय एयरलाइन्सले आगामी सेप्टेम्बर २३ तारिखका लागि उडान गर्ने तय भएको जनाइएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०७७, बुधबार  ६ : ०४ बजे

मानव अधिकार आयोगको प्रतिवेदनविरुद्ध अदालत एमाले जाने

काठमाडौं– जेन-जी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनलाई लिएर नेकपा

बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा

नेपालगञ्ज– किसानलाई आवश्यक पर्ने रासायनिक मल बाँकेमा मौज्दात रहे पनि वितरण

सशस्त्रले नियन्त्रणमा लिएका ७७९ विद्युतीय गाडीबारे सरकारले बनायो छानबिन समिति

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालले राजस्व छलीको आशंकामा विभिन्न स्थानबाट

सगरमाथा क्षेत्रमा एक सातापछि जीवितै भेटिएका शेर्पाको स्वास्थ्यमा सुधार 

काठमाडौं– सगरमाथा आधार शिविरमा बेपत्ता भएर एक सातापछि जीवितै उद्धार

सुधन गुरुङबारे छानबिन समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन 

काठमाडौं – तत्कालीन गृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न गठित समितिले प्रतिवेदन