तपाईंलाई चक्कर वा रिँगटा लाग्छ ? यसरी जोगिनुहोस् | Khabarhub Khabarhub

तपाईंलाई चक्कर वा रिँगटा लाग्छ ? यसरी जोगिनुहोस्


२४ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कहिलेकाहिँ बसेको स्थानबाट जुरुक्क उठ्दा वा खानाको तालमेल नहुदा वा लामो दुरीको यात्रा गर्दा मानिसलाई रिँगटा लाग्ने गर्दछ । यो बाहेक अन्य अवस्थामा पनि रिँगटा लाग्दछ ।
रिँगटा लाग्दा चारैतिरै घुमेको जस्तो हुन्छ ।

रिँगटा लाग्ने बिभिन्न कारणहरु हुने गर्दछन् । रगतको कमी, रक्तचापको स्तर घटबढ, शारीरिक वा मानसिक थकान, डरका कारणले पनि रिँगटा लाग्दछ । यस बाहेक आँखाको कमजोरी, खानेकुरा तथा औषधिको एलर्जी, ब्रत बस्दा कमजोर भएर वा अत्याधिक मादक पदार्थको सेवनले पनि रिंगटा लाग्नसक्छ । यो एक साधारण रोग हो । तर यसलाई लापरबाही भने गर्नु हुदैँन ।

कतिपय अवस्थामा रिँगटा लाग्नु गम्भीर रोगको संकेत पनि हुनसक्छ । टाउको घुम्नु, शरीर हल्लिएको अनुभव हुनु, आँखाको अगाडि अँध्यारो छाउनु, अनुहार फिक्का र शरीर चिसो हुनु, कमजोर भई चक्कर लागेर लड्नु, उल्टी आउनु, कान बज्नु, बोल्न कठिनाइ हुनु यसका लक्षण हुन् । यदि यस्तोमा भएमा निम्न कुरामा ध्यान दिनु पर्दछ ।

– रिँगटा लाग्नासाथ तत्काल अनुकुल स्थान बनाएर अडेस लागेर बस्ने ।
– यदि सुत्दा असहज हुदैन वा वाकवाक लाग्दैन भने सुविधा अनुसार सुत्ने ।
– यदि निन्द्रा लाग्यो भने कसैलाई रेखदेखमा राखेर पर्याप्त निदाउने ।
– तत्काल पानीमा ग्लुकोज मिसाएर पिउने ।
– गर्मीको मौसममा अमलाको सर्वत पिउने वा चिसो पानी पिउने ।
– समयमा नै खाना खाने बानि बसाल्ने ।
– बिहान बेलुका एक गिलास दूध पिउने ।
– हलुका तवरले टाउकोमा बदामको तेलले मालिस गर्ने ।
– आँखा कमजोर छ भने चिकित्सकको परामर्शमा चस्मा लगाउने ।

तर,
– रक्सी, खैनी, लगायतका मादक पर्दाथको सेवन नगर्ने ।
– चिकित्सकले सुझाएको औषधी मात्र खाने ।
– यदि औषधी सेवनपछि रिँगटा लागेको भने तत्काल अस्पताल जाने ।
– अत्याधिक खाना नखाने ।
– कतै एक्लै घुम्न नजाने ।
– निकै अग्लो, अँध्यारो बाटोमा नहिँड्ने ।

प्रकाशित मिति : २४ भाद्र २०७७, बुधबार  २ : २२ बजे

गाउँ चिन्ने, पसिना बुझ्ने मौद्रिक नीति अपरिहार्य

नेपाल राष्ट्र बैंकले प्रत्येक वर्ष प्रस्तुत गर्ने मौद्रिक नीति राष्ट्रिय

नेपालको प्रशासनमा आधुनिक शक्ति कहिल्यै माथि आउन सकेन

आजभन्दा १५–२० वर्ष अगाडि र अहिले पनि नेपालको प्राथमिक बाधक

बागमती प्रदेशसभा बैठक बस्दै

बागमती– बागमती प्रदेशसभा बैठक आज (सोमबार) बस्दैछ । बैठकमा बागमती

टीकापुर नगरपालिकामा प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइँदै

कैलाली-  कैलालीकाे टीकापुर नगरपालिकाले आगामी साउन १ गतेदेखि प्लास्टिकका झोलाको

‘भोजपुर प्रतिभा पुरस्कार’बाट शाक्य पुरस्कृत

भोजपुर– प्रत्येक वर्ष प्रदान गरिँदै आएको ‘भोजपुर प्रतिभा पुरस्कार’बाट टक्सार