ज्योतिष शास्त्र : कुन महिनामा जन्मिएका महिलाको स्वभाव कस्तो हुन्छ ? | Khabarhub Khabarhub

ज्योतिष शास्त्र : कुन महिनामा जन्मिएका महिलाको स्वभाव कस्तो हुन्छ ?


२४ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

ज्योतिष शास्त्रीहरुले मानिसको जन्म समयलाई आधार मानेर उसको भूत, भविष्य र वर्तमानका विषयमा फलादेश गर्छन् ।

शास्त्रलाई आधार मानिर गरिने यस्ता फलादेशमा कतिपयले विश्वास मान्छन् भने कतिपयले विश्वान नलाग्ने बताए पनि चिना हेराउने, हात हेराउने, दैनिक राशिफल हेर्न भने पछि परेका हुँदैनन् ।

आज हामीले जन्मेको महिना अनुसार महिलाको स्वभाव पनि निर्धारण हुने ज्योतिषीय फलादेश केही प्रस्तुत गरेका छौं ।

कुन महिना जन्मेका महिलाको स्वभाव कस्तो हुन्छ भन्ने विषयमा ज्याेतिषीहरुका फलादेश यस्ता छन्-

बैसाख : यो महिनामा जन्मिएका महिला प्राय धनवान, राम्रो चित्त र बिचार भएका,कम खर्च गर्ने, क्रोधवान, सुन्दर आँखा भएका हुन्छन । उनीहरूको जीवनमा धन र सुख प्रशस्त प्राप्त गर्ने बताइन्छ ।

जेठ : जेठ महिनामा जन्मिएका महिलाहरु प्राय विदेशमा बस्ने, शुभ चित्त र लामो आयु भएका हुन्छन् । उनीहरूको जीवनमा सुख र धन सहजै प्राप्त हुन्छ । यो महिनामा जन्मिने महिलाहरु विशेषगरी नया ठाउँहरु घुम्न मनपराउने हुन्छन ।

असार : असारमा जन्मिएका महिलाहरूको प्राय नरम र मीठो बोली बोल्छन् । उनीहरूको आवाजमा मधुरता हुन्छ । उनीहरूका श्रीमानको स्वभाव पनि राम्रो हुन्छ । कडा मेहनत र संघर्षमा पनि उनीहरूले सोँचे जस्तो सुख र धन प्राप्त नहुन सक्छ ।

साउन : साउन महिनामा जन्मिएका महिलाहरुले प्राय राम्रो र धार्मिक काममा बढी मन लगाउँछन् । विशेषगरी यो महिनामा जन्मिएका नारीहरु सहयोगी भावनाका हुन्छन । उनीहरूको जीवनमा समान रुपमा सुख, दुःख, फाइदा र नोक्सान हुने देखिन्छ ।

भाद्र : यो महिनामा जन्म लिएका महिलाहरूको मिठो बोली र सरल स्वभाव उनीहरूको विशेषता हो । उनीहरूलाई श्रीमानबाट पनि अत्यन्तै सुख र प्रेम मिल्छ । घरपरिवार सासु ससुराबाट माया र सम्मान प्राप्त गर्छन् । यो महिनामा जन्मिएका महिलाहरु प्राय धेरै बोल्ने स्वभावका हुन्छन ।

असोज : असोज महिनामा जन्मिएका नारीहरु प्राय चञ्चल स्वभावका हुने गर्छन । उनीहरू कसैसँग कुरा गर्दा पनि सर्तकता अपनाउँछन् । यो महिनामा जन्मिएका नारीहरु अत्यन्त पवित्र र गुणवान हुने गर्छन ।

कार्तिक : यो महिनामा जन्मिएका महिलाहरु निकै बुद्धिमानी हुन्छन् ।मिठो बोल्छन् । सामान्यतय यी महिलाहरूले आफ्ना श्रीमानलाई आफ्नो अधिनमा राख्न चाहन्छन् । यो महिनामा जन्मिएका महिलाहरु अलिकति बढी रिसाउने स्वभावका पनि हुन्छन ।

मंसीर : यो महिनामा जन्मिएका माहिलााहरु मिठो बचन बोल्ने, धनवान, धर्ममा विश्वास राख्ने, निकै मिलनसार, झुटो कुरा गरेको मन नपराउने र अरुलाई उपकार गर्ने प्रकारका हुन्छन् ।

पुष : पुष महिनामा जन्मिने महिलाहरू आफ्नै कामबाट भाग्य निर्माण गर्ने खुबी राख्छन् । सबैसँग मिलजुल गर्ने स्वभावका कारण समाजमा मान सम्मान पाउँछन् । यो महिनामा जन्मिने महिलाहरु निडर र सामान्यतय अत्यन्तै क्रोधी स्वभावका पनि हुने गर्छन ।

माघ : माघमा जन्मिएका महिलाहरू सुन्दर अनुहारका हुन्छन् । सरल र सहज स्वभावका हुन्छन् तर अलि जिद्दी स्वभाव र अरुलाई कुरा गर्दा पुरा कुरा गर्न नदिने स्वभावका हुन्छन् । यो महिनामा जन्मिएका महिलाहरु निकै बुद्धिमानी र चञ्चल स्वभावका पनि हुने गर्छन ।

फागुन : यो महिनामा जन्मिने महिलाहरु शुक्ल वर्ण भएको, अरुको उपकार गर्ने, धनवान, विद्यावान, सुखी र सधैँ विदेश भ्रमण गर्ने खालका हुन्छन् । उनीहरू कसैको पनि दुःख देख्न सक्दैनन् ।

चैत : यो महिनामा जन्मिएका महिला निकै चलाख र चतुर हुन्छन् । सुन्दर हुनुका साथै चञ्चल स्वभावका कारण अरुलाई छिटो आकर्षण गर्छन् । धनबाट पनि उनीहरू लाभान्वित हुन्छन् । प्राय यो महिनामा जन्मिएका महिलाहरु राम्रो कर्म गर्ने रुचाउने स्वभावका हुन्छन ।कहिलेकाहिँ उनीहरूमा क्रोध हावी हुनाले समस्या पनि ल्याएको हुन्छ ।

– एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २४ भाद्र २०७७, बुधबार  ७ : १४ बजे

विदेशी विद्यार्थीलाई नेपालमा आकर्षित गर्न छात्रवृत्ति दिनुपर्छ : बालकृष्ण खाँण

लुम्बिनी – नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले नेपालमा विदेशी

राष्ट्रिय तथा अन्तरराष्ट्रिय भलिबलः सेमिफाइनल समिकरण पूरा

कास्की – पोखरामा जारी प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तरराष्ट्रिय

डिभीको रिजल्ट सार्वजनिक, यसरी हेर्नुस्

काठमाडौं– अमेरिकाले विश्वका विभिन्न देशका नागरिक आफ्नो मुलुकमा भित्र्याउन सञ्चालन

‘जन्ते बाख्रो’ खुवाउने परम्परामा बन्यो चलचित्र

काठमाडौं – देशको कला, संस्कृति र संस्कारको जीवन्त चित्रण गर्ने

डा. डीआर उपाध्यायलाई मानार्थ विद्यावारिधी प्रदान

नयाँदिल्ली – विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई