सचिवालय र स्थायी कमिटी बैठकका एजेण्डा तय गर्न ओली-प्रचण्ड छलफलमा | Khabarhub Khabarhub

सचिवालय र स्थायी कमिटी बैठकका एजेण्डा तय गर्न ओली-प्रचण्ड छलफलमा


२४ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड छलफलमा जुटेका छन् ।

अध्यक्ष ओलीलाई भेट्न अर्का अध्यक्ष प्रचण्ड केहिबेर अघि बालुवाटार पुगेका छन् । अध्यक्षद्वयबीच बिहीबारका लागि बोलाइएको सचिवालय बैठक र शक्रबारलाई बोलाइएको स्थायी कमिटी बैठकको एजेण्डाका विषयमा छलफल हुने प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।

नेकपामा पछिल्लो समय देखिएको विवाद समाधान गर्न बनेको कार्यदलले दिएको सुझाव र कार्यान्वयनका विषयमा पनि अध्यक्षद्वयबीच छलफल हुने बताइएको छ ।

नेकपामा मन्त्रिपरिषद, प्रदेश सरकार फेरबदल गर्ने विषयमा पछिल्लो समय पुनः विवाद देखिएको छ । कार्यदलले दिएको सुझाव कार्यान्वयन गर्न नेताहरु नै आनाकानी गरिरहेको छ । त्यसैले पनि विवाद उत्पन्न भएका हुन् ।

दुई वर्ष मन्त्री भइसकेकाहरुलाई हटाएर नयाँ मन्त्री बनाउने विषयमा व्यापक छलफल भएपनि निचोड भने निस्किएको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठकमै कोही मन्त्री नहट्ने भन्दै ढुक्कले काम गर्न भनेका थिए ।

नेकपाका एकथरी नेताले कार्यदलले बुझाएको प्रतिवेदन अनुसार सम्पूर्ण समस्या हल हुने दाबी गर्दा माधवकुमार नेपाल पक्षधर नेताहरुले भने कार्यदलको प्रतिवेदन अस्पष्ट र अधूरो रहेको दाबी गर्दै आएका छन् ।

प्रकाशित मिति : २४ भाद्र २०७७, बुधबार  १२ : ०९ बजे

हिमानी ट्रष्टद्वारा जुम्लामा बर्थिङ सेन्टर शिलान्यास

काठमाडौं– पूर्वयुवराज्ञी हिमानी शाहले जुम्लामा बर्थिङ सेन्टर शिलान्यास गरेकी छन्

फिल्म ‘रातो पासपोर्ट’ निर्माण घोषणा, पोर्चुगलको थिममा टाइटल पोस्टर

काठमाडौं – सिबर्डस् पिक्चर्स र होप्स बजले ट्राइडेन्ट कन्सेप्टसँग सहकार्य

स्कटल्यान्डले गुमायो पाचौँ विकेट

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ मा आइतबार भइरहेको खेलमा नेपालले

‘अर्थमन्त्रीज्यू ! डेड हर्स थ्यौरीतिर नलागौँ’

अङ्ग्रेजीमा ‘डेड हर्स थ्यौरी’ भन्ने एउटा मेटाफर (रूपक) छ, जसमा

आईपीओ निष्कासनमा चलखेलको खबरपछि मिडियामाथि खनिए सेबोन कर्मचारी

काठमाडौँ –नेपाल धितोपत्र बोर्ड (सेबोन)को ३३औँ वार्षिकोत्सव अवसरमा ललितपुरस्थित होटल