जिल्ला अस्पतालमा गर्भपतन गराउने बढे | Khabarhub Khabarhub

जिल्ला अस्पतालमा गर्भपतन गराउने बढे


२४ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दार्जुला- यहाँ सुरक्षित गर्भपतन गर्ने बढेका छन् । अस्थायी साधनको प्रयोग नगरी पछिल्लो समय जिल्लामा सुरक्षित गर्भपतन गराउने बढेका हुन् । विगतमा भारतीय बजारका मेडिकलमा गएर गर्भपतन गराउँदै आएकाहरु अहिले भने जिल्ला अस्पतालमा सुरक्षितरूपमा गर्भपतन गराउन थालेका छन् । गत चैत ११ गतेदेखि बन्दाबन्दी शुरु भएपछि सीमा पुल बन्द छ ।

“जिल्लामा गत आर्थिक वर्षमा २५५ जनाले सुरक्षित गर्भपतन गराएका छन्, यो सङ्ख्या निकै धेरै हो”, जिल्ला अस्पतालका डा गजेन्द्र दुवालले भने । यसअघि २०७५/७६ मा २१६ जनाले अस्पतालमा आएर गर्भपतन गराएका थिए । “विगतमा मेडिकलबाट औषधि लिएर घरमै प्रयोग गर्ने गर्थे, तर अहिले चेतनास्तरमा आएको परिवर्तनले पनि सुरक्षित गर्भपतन सेवा लिने बढेको हुनसक्छ”, डा दुवालले भने ।

महिला र पुरुषका लागि परिवार नियोजनका विभिन्न अस्थायी साधन हुँदाहुँदै पनि महिलाको स्वास्थ्यलाई जोखिममा पारेर गर्भपतन गराउनु खतरा हुने उनको भनाइ छ । यो तथ्याङ्कले अहिले परिवार नियोजनको साधन प्रयोगकर्ता घटेको देखाउँछ । जिल्ला अस्पतालमा एक वर्षको अवधिमा ४९८ जनाले प्रसूति सेवा लिएका छन् । यस्तै आव २०७४/७५ मा ५७८ र २०७५/७६ मा ४९१ जनाले प्रसूति सेवा लिएको अस्पतालको तथ्याङ्क छ ।

अस्पताल पुगेकामध्ये ४१८ जनाले सामान्य तवरमै प्रसूति सेवा लिएका छन् । यस्तै ३५ जनाको शल्यक्रियाद्वारा प्रसूति सेवा दिइएको डा दुवालले जानकारी दिए। जिल्ला अस्पतालमा सुत्केरी हुन नसकेका २१ जनालाई अन्यत्र अस्पतालमा प्रसूतिका लागि सिफारिस गरिएको छ । जिल्ला अस्पतालमा आएर परिवार नियोजन सेवा लिनेमा कन्डम प्रयोगकर्ता ११२ जना मात्रै छन् । पिल्स ५१, डिपो लगाउने २५८, आइयुसिडी लिने चार र इमप्लान्ट राख्नेको सङ्ख्या ७५ जना रहेको अस्पतालले जनाएको छ ।

यस्तै जिल्ला अस्पतालमा पाँच नवजात शिशुको ज्यान गएको छ । समयमै अस्पताल पुर्‍याउन नसक्नु तथा सडक नहुँदा बोकेरै ल्याउँदा पनि नवजात शिशुको ज्यान गएको डा दुवालले बताए । पहाडी क्षेत्रमा गाउँबाट सुविधासम्पन्न अस्पतालसम्म पुग्नै समय लाग्छ । ढिला गरी अस्पताल आउँदा नवजात शिशुको मृत्यु हुने गरेको उनको भनाइ छ । जिल्ला अस्पतालमा मातृ मृत्युदर भने गत वर्ष शून्य अवस्थामा छ ।

लैङ्गिक हिंसामा परेका महिलालाई निःशुल्क सेवा

जिल्ला अस्पतालले लैङ्गिक हिंसामा परेका महिलालाई निःशुल्क सेवा दिएको छ । विभिन्न कारणले पीडित भएर अस्पताल पुगेका दुई महिलालाई निःशुल्क स्वास्थ्य सेवा दिइएको जिल्ला अस्पतालका डा दुवालले जानकारी दिए ।

यस्तै घरेलु तथा लैङ्गिक हिंसामा परेर अस्पतालसम्म पुगेका पाँच महिलालाई परामर्श सेवा दिएको छ । परामर्श सेवापछि उनीहरुलाई सुरक्षित घर सेफहाउसमा राखिएको थियो । जिल्ला अस्पतालले हरेक वर्ष ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, विपन्न, अतिगरिब महिला स्वास्थ्य स्वयंसेविका तथा बेवारिसे भएर अस्पताल पुगेकालाई पनि निःशुल्क स्वास्थ्य सेवा दिँदै आएको डा दुवालले बताए ।

अस्पतालको ओपिडीमै पुगेर ३६ अपाङ्गता भएका व्यक्ति, दुई हजार १४५ ज्येष्ठ नागरिक, विपन्न अतिगरिब ८३४ जनाले सेवा लिएका छन् भने आकस्मिक सेवाअन्तर्गत ४६२ ज्येष्ठ नागरिक तथा १५४ गरिब अतिविपन्न परिवारले स्वास्थ्य सेवा पाएका छन् ।

प्रकाशित मिति : २४ भाद्र २०७७, बुधबार  १२ : ३२ बजे

मुस्ताङको ‘लुरी गुम्बा’ ओझेलमा 

म्याग्दी– मुस्ताङको लोघेकर–दामोदरकुण्ड गाउँपालिका–४ मा पर्ने यारास्थित धार्मिक तथा ऐतिहासिक

नेपाल समाजवादी पार्टीको महाधिवेशन आज सकिँदै

काठमाडौं– नेपाल समाजवादी पार्टी (नयाँशक्ति) को प्रथम महाधिवेशन जारी रहेको

च्याट जिपीटी खरिदका लागि मस्कको चासो : ९७.४ अर्ब डलरको प्रस्ताव

न्युयोर्क – एलन मस्कको नेतृत्वमा रहेको लगानीकर्ताको समूहले च्याट जिपीटीको

नेपाल–भारत उर्जा सचिव स्तरीय बैठक नयाँदिल्लीमा बस्दै

काठमाडौं– नेपाल–भारत उर्जा सचिवस्तरीय बैठक आज भारतको राजधानी नयाँदिल्लीमा बस्दैछ

हमासलाई ट्रम्पले दिए युद्ध विराम भंग गर्ने चेतावनी

न्युयोर्क – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासले बन्दी रिहाइ नगरे