करोडौं रकम हिनामिना गरी फरार रहेका सहकारी सञ्चालक पक्राउ | Khabarhub Khabarhub

करोडौं रकम हिनामिना गरी फरार रहेका सहकारी सञ्चालक पक्राउ


२४ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – करोडौं रकम हिनामिना गरेर फरार भएका सहकारी सञ्चालक पक्राउ परेका छन् । काठमाडौंको न्युरोडमा रहेको नौलो परिवेश वचत तथा सहकारी संस्था लिमिटेडका प्रबन्धक राजकाजी खड्गीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार संस्थाको सम्पूर्ण हिसाबको विवरण नदेखाई ५ करोड ६७ लाख नगद ठगी गरी फरार भएको आरोपमा खड्गीलाई पक्राउ गरिएको हो ।

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिपक थापाका अनुसार प्रहरी टोलीले उनलाई सोमबार ललितपुरको धापाखेलबाट पक्राउ गरेको हो ।

मुलुकी फौजदारी संहिता, २०७४ को दफा २४९ बमोजिम ठगी सम्बन्धी कसुरमा अनुसन्धानको लागि काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप भई अनुसन्धान शुरु भएको महाशाखाले जनाएको छ।

प्रकाशित मिति : २४ भाद्र २०७७, बुधबार  १२ : २२ बजे

छायाँक्षेत्र (छायाँनाथ) धामको तीर्थयात्रा सुरु

मुगु–  हिमाली जिल्ला मुगुस्थित प्रसिद्ध धार्मिकस्थल छायाँक्षेत्र धाममा यस वर्षको

मधेसमा १८ करोडको लागतमा स्यालो ट्युबवेल वितरण

जनकपुरधाम– पानी नपर्दा सुक्खाग्रस्त तथा खडेरीको मारमा परेका किसानका लागि

नेपाल चर्चा गरिएको जस्तो गरिब मुलुक छैन : शंकर पोखरेल

काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाल चर्चा गरिएको

हेपिएको बाली ‘कोदो’ – स्वास्थ्यका लागि राम्रो : माग बढ्दो, उत्पादन घट्दो

काठमाडौं– कुनै समय कु–बालीका रूपमा बुझिने कोदो, यसको उपभोगलाई समेत

लहानमा ट्यांकीबाट खानेपानी वितरण सुरु

सिरहा– यहाँको लहान नगरपालिका–२४ खेसराहा टोलमा खानेपानीको चरम अभाव भएपछि