करोडौं रकम हिनामिना गरी फरार रहेका सहकारी सञ्चालक पक्राउ « Khabarhub

करोडौं रकम हिनामिना गरी फरार रहेका सहकारी सञ्चालक पक्राउ


२४ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – करोडौं रकम हिनामिना गरेर फरार भएका सहकारी सञ्चालक पक्राउ परेका छन् । काठमाडौंको न्युरोडमा रहेको नौलो परिवेश वचत तथा सहकारी संस्था लिमिटेडका प्रबन्धक राजकाजी खड्गीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार संस्थाको सम्पूर्ण हिसाबको विवरण नदेखाई ५ करोड ६७ लाख नगद ठगी गरी फरार भएको आरोपमा खड्गीलाई पक्राउ गरिएको हो ।

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिपक थापाका अनुसार प्रहरी टोलीले उनलाई सोमबार ललितपुरको धापाखेलबाट पक्राउ गरेको हो ।

मुलुकी फौजदारी संहिता, २०७४ को दफा २४९ बमोजिम ठगी सम्बन्धी कसुरमा अनुसन्धानको लागि काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप भई अनुसन्धान शुरु भएको महाशाखाले जनाएको छ।

प्रकाशित मिति : २४ भाद्र २०७७, बुधबार  १२ : २२ बजे

वामपन्थी सहकार्यमा ढिलाइ नगरौँ : संयोजक प्रचण्ड

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

आर्थिक सङ्कटका कारण कोशीका ४४ एफएम रेडियो बन्द

झापा- आर्थिक सङ्कटका कारण कोशी प्रदेशका ४४ वटा एफएम रेडियो

विवेकपूर्ण आत्मसमीक्षाबिना कम्युनिस्ट एकता सम्भव छैन : सहसंयोजक माधव नेपाल

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार

राउण्ड अफ ३२ मा ब्राजिल र जापान भिड्दै, रोमाञ्चक भीडन्तको अपेक्षा

काठमाडौं- फिफा विश्वकप २०२६ अन्तर्गत ‘राउन्ड अफ ३२’ को रोमाञ्चक

प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक पारित

काठमाडौं– प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक, २०८३ पारित भएको छ