गुगलको ‘एन्ड्रोइड ११’ आधिकारिक रुपमा सार्वजनिक, यी फोनमा अपडेट गर्न सकिने « Khabarhub

गुगलको ‘एन्ड्रोइड ११’ आधिकारिक रुपमा सार्वजनिक, यी फोनमा अपडेट गर्न सकिने


२४ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – केही महिनाको बेटा भर्जनपछि गुगलले विकास गरेको स्मार्ट फोनको अपरेटिङ सिस्टम ‘एन्ड्रोइड ११’ आधिकारिक रुपमा सार्वजनिक गरिएको छ ।

मंगलवारदेखि आधिकारिक रिलिज गरिएको एन्ड्रोइड ११ हालका लागि गुगल पिक्सेलसहित अन्य केही फोनमा अपडेट गर्न मिल्ने सुविधा छ ।

गुगल पिक्सेलसहित वानप्लस, साओमी, ओप्पो र रियलमी ब्राण्डका केही एन्ड्रोइड फोन प्रयोकर्ताले अपरेटिङ सिस्टम अपडेट गर्ने पाउनेछन् । अरु प्रयोगकर्ताले भने केही समय कुर्नुपर्नेछ ।

हालका लागि एन्ड्रोइड ११ पिक्सेल टु, थ्री, थ्री ए, फोर, फोर ए मा डाउनलोड गर्नका लागि उपलब्ध छ भने वानप्लसका फोनमा उत्तर अमेरिका, युरोप र भारतमा वानप्लस एट र एट प्रोमा डाउनलोड गर्न सकिनेछ ।

यस्तै ओप्पोका एक्सटु र रेनो थ्रीमा पनि डाउनलोड गर्न सकिनेछ । त्यसैगरी रियलमीको एक्स फिफ्टी प्रो र साओमीका मी एमआई टेन र एमआई टेन प्रोमा पनि अपडेट गर्न सकिनेछ ।

गुगलले केही महिनामा अरु ब्राण्डका फोनमा पनि नयाँ अपडेटको सुविधा दिने बताएको छ ।

एन्ड्रोइड ११ मा थप सेक्युरिटीसहित नयाँ सुविधा थपिएको छ । यो भर्जनले प्रयोगकर्ताबाट राम्रो प्रतिक्रिया पाइरहेको छ ।

नयाँ अपरेटिङ सिस्टममा च्याट अप्सन सहज बनाइएको छ । त्यस्तै लोकेसनलाई पनि अझ सहज बनाइएको छ भने प्रयोग नगरिएका एपले फोन सुविधा प्रयोग गर्न पुनः अनुमति लिनुपर्ने छ ।

प्रकाशित मिति : २४ भाद्र २०७७, बुधबार  २ : ५६ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको