फागुनमा महाधिवेशन हुने अबस्था टर्‍यो : कांग्रेस नेता सिटौला | Khabarhub Khabarhub

फागुनमा महाधिवेशन हुने अबस्था टर्‍यो : कांग्रेस नेता सिटौला


२४ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता तथा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले आगामी फागुनमा लागि तय भएको महाविधेशन नहुने निश्चित भइसकेको बताएका छन् ।

बीपीजयन्तीका अवसरमा कांग्रेसले गरेको कार्यक्रममा नेता सिटौलाले आगामी फागुनमा तोकिएको महाविधेशनको कार्यतालिका कोरोनाका कारण प्रभावित भइसकेको भन्दै सदस्यता वितरण प्रभावित भएपनि तोकिएको मितिमा महाविधेशन नहुने स्पष्ट भएको बताए । छिटै केन्द्रीय समितिको बैठक बोलाएर महाविधेशनको अर्को कार्यतालिका सार्वजनिक गर्नुपर्ने समेत उनले बताए ।

‘महाविधेशनको समय भनेको पार्टी संगठन विस्तार पनि हो । पार्टी कसरी परिचालन हुन्छ भनेर महाविधेशनका बेला नीति निर्माण गर्ने समय पनि हो,’ उनले भने,‘पार्टी विस्तार अभियानकै क्रममा सदस्यता वितरण गर्ने हो तर, केन्द्रीय कार्यसमितिले बनाएको कार्यतालिका  प्रभावित भइसकेको छ । फागुनमा महाविधेशन कुनै हालतमा हुँदैन भन्ने सन्देश पाएका छौं । केन्द्रीय कार्यसमितिको बैठक बसेर तत्काल निर्णय गर्नुपर्छ ।’

सरकारले जनअभिमतअनुसार काम गर्न नसकेको भन्दै नेता सिटौलाले कांग्रेसभित्रको विवाद समाधानका लागि नेतृत्वले काम गर्नुपर्ने बताए ।

‘सबै एकठाउँमा बसेर समिक्षा गर्ने समय भयो । देशमा कम्युनिष्ट सरकार छ, त्यसको मुल्इाङ्कन गर्दा नेता कार्यकर्ताको स्वार्थसिद्ध गर्न लागेको छ । जनताको हितमा सरकारले कुनै काम गर्न सकेको छैन,’ उनले भने ।

विदेशमा रहेका नेपाली नागरिक कोरोनाको त्रासमा रहेको र नेपाल आउन चाहनेलाई पनि सरकारले उद्धारको पहल नगरेको भन्दै नेता सिटौलाले सरकारको तत्कालै ध्यानाकर्षण गराउनुपर्ने बताए ।

उनले भने,‘ यतिबेला कोरोनाका महामारीका बेला विदेशमा रहेका नेपालीहरु अलपत्र परेका छन् । नेपाल आउन चाहेकालाई पनि सरकारले नेपाल ल्याउन सकेको छैन । किसानको खेतमा हाल्ने बिउ, मलका विषयमा पनि सरकार उदासिन बनेको छ । त्यसमा कांग्रेसले पहल गर्नुपर्छ ।’

बीपी कोइराला डाइनामिक नेता भएको भन्दै नेता सिटौलाले भने,‘राजनीतिका विषयमा पर्याप्त जानकारी राखेर रोक्न सक्ने र नेतृत्व दिने खालको भएका कारण उहाँ जीवन्त रहनुभयो ।’

समय परिस्थीतीलाई बुझेर समयसमापेक्ष निर्णय लिनुपर्छ भन्ने बीपीको बिचारको अहिले पनि उत्तिकै सान्दर्भिकता रहेको उनले बताए ।

बीपी जयन्तीका अवसरमा नेपाली कांग्रेसले तीन दिनको कार्यक्रम अन्तर्गत पहिलो दिन बीपी बिचार र नेपालको समुन्नतीको मुल बाटो विषयक कार्यक्रम आयोजना गरेको हो ।

 

प्रकाशित मिति : २४ भाद्र २०७७, बुधबार  ३ : ३२ बजे

छायांकन अगावै फिल्म ‘डीएन’को ‘अनाउन्समेन्ट टिजर’ सार्वजनिक

काठमाडौं– छायाङ्कन अघिनै फिल्म ‘डीएनए’को ‘अनाउन्समेन्ट टिजर’ सार्वजनिक गरिएको छ

अर्थमन्त्री पौडेल आज राति चीन जाँदै

काठमाडौं– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आज राति चीन प्रस्थान

हिजबुल्लाहका केन्द्रमा इजरायली आक्रमण, सयभन्दा बढीको मृत्यु

काठमाडौं– इजरायलले लेबनानमा रहेको हिजबुल्लाह लक्ष्यहरूमा ठूलो मात्रामा आक्रमण गरेको

५१ औँ थाक खेलकुद प्रतियोगिताको उपाधि लेते र टुकुचेलाई

म्याग्दी– ५१औँ थाक खेलकुद प्रतियोगिताको उपाधि निर्मल स्पोटिङ लेते र