फागुनमा महाधिवेशन हुने अबस्था टर्‍यो : कांग्रेस नेता सिटौला « Khabarhub

फागुनमा महाधिवेशन हुने अबस्था टर्‍यो : कांग्रेस नेता सिटौला


२४ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता तथा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले आगामी फागुनमा लागि तय भएको महाविधेशन नहुने निश्चित भइसकेको बताएका छन् ।

बीपीजयन्तीका अवसरमा कांग्रेसले गरेको कार्यक्रममा नेता सिटौलाले आगामी फागुनमा तोकिएको महाविधेशनको कार्यतालिका कोरोनाका कारण प्रभावित भइसकेको भन्दै सदस्यता वितरण प्रभावित भएपनि तोकिएको मितिमा महाविधेशन नहुने स्पष्ट भएको बताए । छिटै केन्द्रीय समितिको बैठक बोलाएर महाविधेशनको अर्को कार्यतालिका सार्वजनिक गर्नुपर्ने समेत उनले बताए ।

‘महाविधेशनको समय भनेको पार्टी संगठन विस्तार पनि हो । पार्टी कसरी परिचालन हुन्छ भनेर महाविधेशनका बेला नीति निर्माण गर्ने समय पनि हो,’ उनले भने,‘पार्टी विस्तार अभियानकै क्रममा सदस्यता वितरण गर्ने हो तर, केन्द्रीय कार्यसमितिले बनाएको कार्यतालिका  प्रभावित भइसकेको छ । फागुनमा महाविधेशन कुनै हालतमा हुँदैन भन्ने सन्देश पाएका छौं । केन्द्रीय कार्यसमितिको बैठक बसेर तत्काल निर्णय गर्नुपर्छ ।’

सरकारले जनअभिमतअनुसार काम गर्न नसकेको भन्दै नेता सिटौलाले कांग्रेसभित्रको विवाद समाधानका लागि नेतृत्वले काम गर्नुपर्ने बताए ।

‘सबै एकठाउँमा बसेर समिक्षा गर्ने समय भयो । देशमा कम्युनिष्ट सरकार छ, त्यसको मुल्इाङ्कन गर्दा नेता कार्यकर्ताको स्वार्थसिद्ध गर्न लागेको छ । जनताको हितमा सरकारले कुनै काम गर्न सकेको छैन,’ उनले भने ।

विदेशमा रहेका नेपाली नागरिक कोरोनाको त्रासमा रहेको र नेपाल आउन चाहनेलाई पनि सरकारले उद्धारको पहल नगरेको भन्दै नेता सिटौलाले सरकारको तत्कालै ध्यानाकर्षण गराउनुपर्ने बताए ।

उनले भने,‘ यतिबेला कोरोनाका महामारीका बेला विदेशमा रहेका नेपालीहरु अलपत्र परेका छन् । नेपाल आउन चाहेकालाई पनि सरकारले नेपाल ल्याउन सकेको छैन । किसानको खेतमा हाल्ने बिउ, मलका विषयमा पनि सरकार उदासिन बनेको छ । त्यसमा कांग्रेसले पहल गर्नुपर्छ ।’

बीपी कोइराला डाइनामिक नेता भएको भन्दै नेता सिटौलाले भने,‘राजनीतिका विषयमा पर्याप्त जानकारी राखेर रोक्न सक्ने र नेतृत्व दिने खालको भएका कारण उहाँ जीवन्त रहनुभयो ।’

समय परिस्थीतीलाई बुझेर समयसमापेक्ष निर्णय लिनुपर्छ भन्ने बीपीको बिचारको अहिले पनि उत्तिकै सान्दर्भिकता रहेको उनले बताए ।

बीपी जयन्तीका अवसरमा नेपाली कांग्रेसले तीन दिनको कार्यक्रम अन्तर्गत पहिलो दिन बीपी बिचार र नेपालको समुन्नतीको मुल बाटो विषयक कार्यक्रम आयोजना गरेको हो ।

 

प्रकाशित मिति : २४ भाद्र २०७७, बुधबार  ३ : ३२ बजे

उपभोक्तालाई सहुलियत हुनेगरि बजार व्यवस्थापन गर्न सांसदहरूको माग

काठमाडौं– प्रतिनिधिसभाको आजको विशेष समयमा सांसदहरूले किसानले उत्पादनको उचित मूल्य

ट्रम्प–सी भेटअघि इरानी विदेशमन्त्री चीनमा, वाङ यीसँग वार्ता

बेइजिङ– इरानका विदेशमन्त्री अब्बास अराघचीले यसै साता चीनको भ्रमण गर्ने

कर नीतिमा अर्थमन्त्री असफल ? साढे तीन महिनामा दुईवटा कर खारेज, एउटा संशोधन प्रयास

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्ले कर सम्बन्धी नीतिमा असफल हुँदै

कांग्रेस नेता-कार्यकर्तालाई देउवाको अपिल : गगनहरूले बोलाएको महाधिवेशनमा भाग नलिनू

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सभापति संस्थापन पक्षको महाधिवेशनमा

कर्णाली करिडोरअन्तर्गत हुम्ला खण्ड अवरुद्ध

हुम्ला– लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण कर्णाली करिडोरको