यी हुन् बिहीबारदेखि काठमाडौँ उपत्यकामा गर्न पाइने र नपाइने काम (सूचीसहित ) | Khabarhub Khabarhub

यी हुन् बिहीबारदेखि काठमाडौँ उपत्यकामा गर्न पाइने र नपाइने काम (सूचीसहित )


२४ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ उपत्यकामा भदौ ३ गते मध्यरातिबाट जारी निषेधाज्ञा भोलि बिहीबारदेखि एक साताका लागि केही खुकुलो बनाइएको छ ।

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले बिहीबारदेखि नै लागू हुने गरी सवारीसाधनमा जोर बिजोर लागू गर्ने तथा ब्यापार पसलहरू साताका तीन दिनसम्म सञ्चालन हुन दिने निर्णय गरेका छन् ।

यस्तै १६ सिट क्षमता भन्दा माथिका सबै सार्वजनिक सवारी साधन सञ्चालका लागि पनि अनुमति दिइएको छ । तर, सवारीसाधनमा कुल सिट क्षमताको आधा मात्र यात्रु राख्न पाइने छ । यात्रुले अनिवार्य स्यानिटाइजर र मास्क लगाउनु पर्नेछ ।

सागसब्जी, दुध, माछामासुसँग सम्बन्धित पसल बिहान ११ बजेसम्म तथा बेलुका ५ बजेदेखि ७ बजेसम्म खोल्न दिइने भएको छ ।

निर्माण व्यवसाय र त्योसँग सम्बन्धित पसल तथा व्यवसायहरू दिउँसो २ देखि ७ बजेसम्म खोल्न पाइने भएको छ ।

यसअतिरिक्त कपडा पसल तथा सपिङ मलहरू भने सातामा सोमबार बुधबार र शनिबार मात्र खुला गर्न दिइने जिल्ला प्रशासन कार्यालयहरूले जारी गरेको सूचनामा उल्लेख छ ।

 यस्तो बिहीबारदेखि गर्न मिल्ने र नमिल्ने कामहरूको सूची

प्रकाशित मिति : २४ भाद्र २०७७, बुधबार  ७ : १७ बजे

सांस्कृतिक संस्थानले ‘गाईजात्रा महोत्सव २०८२’ आयोजना गर्ने

काठमाडौं – सांस्कृतिक संस्थानले आगामी साउनमा ‘गाईजात्रा महोत्सव २०८२’ आयोजना

सभापति देउवाद्वारा पूर्वनिर्वाचन आयुक्त शर्माको निधनप्रति दुःख व्यक्त

काठमाडौं – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन

बैंककमा पनि मनाइयो २१२औँ भानु जयन्ती

काठमाडौं– २१२ औँ भानु जयन्तीको विशेष अवसर पारेर आज आइतबार

गैरआवासीय नेपाली सङ्घमा ‘केसी समूह’ महाधिवेशनको तयारीमा

काठमाडौं– गैरआवासीय नेपाली सङ्घको ‘डा बद्री केसी समूह’ सङ्घको १२औँ महाधिवेशन