कोरोना कहर : साउदीमा रोजगारी गुमाएका थप २ सय नेपाली अलपत्र | Khabarhub Khabarhub

कोरोना कहर : साउदीमा रोजगारी गुमाएका थप २ सय नेपाली अलपत्र



दोहा – कोरोना भाइरसको महामारी तथा विभिन्न कारणले पछिल्लो केहि दिन यता साउदी अरबमा नेपाली कामदारहरु अलपत्र पर्ने क्रम बढेको छ ।

नेपालमा अन्तराष्ट्रिय हवाई उडानमा रोक लगाएको तथा विदेशमा कोरोना लगायत अन्य विभिन्न कारणले रोजगारी गुमाएर विगत लामो समयसम्म कोठामा बस्नु परेकोले धेरै नेपाली अलपत्र परेका हुन् ।

साउदी अरवको रियादमा थप दुई सय नेपाली कामदार अलपत्र परेका छन् । रियादस्थित अल मवारिद सप्लाई कम्पनीमा कार्यरत नेपालीहरुले आफूहरु समस्यामा परेको भन्दै उद्धारको अपिल गरेका छन् ।

उनीहरुका अनुसार ७ महिनादेखि कोठामा बसेको तथा भिसा सकिएर एक्जिट लागेको समेत २ महिना भैसकेको तर, कम्पनीले घर पठाउनेबारे कुनै वास्था नगरेको बताएका छन् ।

साउदी अरवको रियादस्थित ति दुई कम्पनीमा काम गर्ने नेपालीहरुले आफूहरुको उद्धारमा दूतावासले पनि आवश्यक मद्धत नगरेको गुनासो गरेका छन् ।

कम्पनीले विगत ७ महिनादेखि आफूहरुलाई तलब सुविधा उपलब्ध नगराएको सोही कम्पनीमा कार्यरत सुमन नेपालले बताए ।

कम्पनीले टिकट महँगो भएको र साउदीस्थित नेपाली दूतावाससंग चार्टर्ड फ्लाईट अनुमति मागे पनि नदिएको कम्पनीले आफूहरुलाई बताउने गरेको उनले बताए ।

उनीहरुका अनुसार उडान महँगो भएको भनेपछि घरबाट पैसा मगाएर आधा पैसा समेत सबैले कम्पनी बुझाएको तर, पनि अहिलेसम्म कम्पनी पठाउने कुनै पहल नगरेको बताएका छन् ।

खाना राम्रो नभएको कारण धेरै साथीहरु बिरामी परेको जनाउदै अहिलेसम्म कसैले पनि उपचार नपाएको उनीहरुको भनाइ रहेको छ ।

रोजगारी गुमाएको पीडा त छँदैछ, अर्काेतिर सम्बन्धित दूतावासले पनि बेवास्ता गर्दा पीडामाथि पीडा थपिएको उनीहरु बताउँछन् ।

यता, साउदीको समास्को कम्पनीमा करिव १२ सय नेपाली कामदार महिनौंदेखि स्वदेश फिर्तीको पर्खाइमा विमान कुरिरहेकाहरुले स्वदेश फर्कन नपाएपछि, ‘केपी ओली, देश छोड’, ‘नेपाली दूतावास खारेज गर’  जस्ता नारा लगाएका थिए ।

नाराबाजी गरेकोबारे दूतावासमा बुझदा प्रमुख समस्या भनेकै उडान सङ्ख्या कम भएको कारण उनीहरु स्वदेश फर्किन नपाएर आक्रोशित भएको प्रतिक्रिया दिएको छ ।

साउदीका लागि नेपाली राजदूत महेन्द्रप्रसाद सिंह राजपुतले स्वदेश फर्कन नपाएर आक्रोशित हुनु स्वाभाविक रहेको जनाउँदै आगामी सेप्टेम्बर १८ तारिखमा केहीलाई नेपाल पठाइने तथा बाँकी रहेकालाई पनि क्रमशः पठाउने तयारी भैरहेकाले जानकारी दिए ।

प्रकाशित मिति : २४ भाद्र २०७७, बुधबार  ११ : १६ बजे

गाजामा इजरायली आक्रमणमा ३० जनाको मृत्यु

एजेन्सी – गाजा पट्टीका धेरै क्षेत्रमा सहायता खोज्नेहरू, घरहरू र

भोटेकोशी र सुनकोशीमा बाढीको खतरा, सतर्कता अपनाउन आग्रह

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले सिन्धुपाल्चोक जिल्ला भएर बग्ने भोटेकोशी

इजरायल र अमेरिकालाई खामेनीको सन्देश- जबरजस्ती थोपरिएको युद्ध र शान्ति दुवै मान्दैनौँ

तेहरान– इरानका सर्वोच्च नेता अयातोल्ला अली खामेनीले बुधबार एक महत्त्वपूर्ण

राजुनाथलाई कारबाही नगर्न उच्च अदालतको आदेश 

काठमाडौं– काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन कार्यान्वयन

देशका पाँच मुख्य राजमार्ग अवरुद्ध, तीन राजमार्ग एकतर्फी सञ्चालनमा

काठमाडौं– देशभरका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण पाँच मुख्य