ज्योतिष शास्त्र : विहीबारका दिन यी धार्मिक विधि अपनाउँदा मिल्नेछ सफलता ! « Khabarhub

ज्योतिष शास्त्र : विहीबारका दिन यी धार्मिक विधि अपनाउँदा मिल्नेछ सफलता !


२५ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विहीबार देवताहरुका गुरु बृहस्पतिको दिन हो। बिहिबारको दिन भगवान विष्णु र गुरु बृहस्पतिको आराधाना गरिन्छ।

यस दिन सर सफाईलाई विशेष ध्यानमा राख्नुपर्ने मान्यता छ। यस दिन मूल्यवान धातु खरिद गर्न, व्यवसायमा लगानी गर्न, बाललवालिकाको शिक्षा आरम्भ गर्न अत्यधिक शुभ मानिन्छ।

त्यसैगरी यस दिन विवाहसँग सम्बन्धित काम सुरू गर्न उत्तम मानिन्छ। साथै बिहिवारको दिनलाई देवी लक्ष्मीको शुभदिन पनि मानिन्छ । यसदिन लाई देवराज इन्द्रले शाशन गर्ने गर्दछन्।

ज्योतिषशास्त्रका अनुसार यस दिन मांसाहारी खाना, मदिराको सेवन गर्न नहुने र दक्षिण दिशातर्फ यात्रा गर्न अशुभ मानिन्छ।

त्यसैगरी, विहीबारको दिनलाई शुभ बनाउन पहेंलो वा फिक्का सेतो लुगा लगाउनु उत्तम हुने धार्मिक मान्यता छ ।

यदि पहेलो वा फिक्का सेतो रंगको कपडा नभएको खण्डमा आफ्नो घर वा कार्यालयमा पहेंलो वा फिक्का सेतो फूल राख्दा पनि शुभ मानिने गर्छ।

यसबाहेक बिहीबारको दिन राम्रो भाग्यलाई आकर्शित गर्न घरबाट कुनै कामको लागि निस्किनु अघि खानामा पहेलो राय प्रयोग गर्नु अत्याधिक शुभ मानिन्छ।

साथै यसदिन रहरको दाल, मेवा र खानासँग घ्यूको प्रयोग गर्दा भाग्यमा राम्रो परिणाम ल्याउने धार्मिक विश्वास छ ।

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहीबार  ७ : २८ बजे

बाख्रालाई घाँस काट्न गएका विष्ट चार दिनपछि मृत फेला

दमक– बाख्रालाई घाँस काट्न भनी यही चैत १९ गते घरबाट

चन्द्रागिरिमा चल्ला बालेन-सुधनको डोजर ?

काठमाडौं– काठमाडौंको दक्षिण पश्चिमा रहेको सुन्दर हरियो पहाड चन्द्रागिरिको टाकुराबाट

कर्णालीको विकासका लागि निजी क्षेत्रको सहयोग आवश्यक छ : मुख्यमन्त्री कँडेल

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशको विकासका लागि निजी

मेलुङमा बागमती प्रदेश स्तरीय न्यायिक सम्मेलन, ४० पालिका सहभागी 

दोलखा– जिल्लाको मेलुङ गाउँपालिका न्यायिक समितिको आयोजनामा सोमबार मेलुङको पवटीमा

जेन–जी आन्दोलनका सहिदको सम्झनामा दीप प्रज्वलन

काठमाडौं– गत २३ र २४ भदौमा भएको जेन-जीहरूको प्रदर्शनका क्रममा