१० वर्षमा ८ जनासँग बिहे ? « Khabarhub

१० वर्षमा ८ जनासँग बिहे ?


२५ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आम मानिसको सपना हुन्छ धेरै सम्पत्ति आर्जन गर्ने । सम्पत्ति आर्जन गर्न मानिसले दुई बाटो अबलम्बन गर्छन । पहिलो मेहनत र इमानको दोस्रो छोटो बाटो वा चोरी छलकपटको ।

मेहनतले आर्जित सम्पत्तिले दीर्घकालसम्म खुसी दिन्छ तर दोस्रो बाटो अपनाउनेले क्षणिक रमाइलो त गर्लान अधिकांश समय भय डर त्राससँग जिउनु पर्छ ।

सम्पत्तिकै लागि मानिसले धेरै उपाय लगाउने गर्छन् । जुन भोग्नेलाई पीडा र सुन्नेलाई रमाइलो लाग्नसक्छ । यस्तै हर्कत गरेकी छन् एक महिलाले जसले १० वर्षमा ८ जनासँग विवाह गरिन ।

१० वर्षको अवधिमा ८ जना वृद्धसँग विवाह गरेर गहना तथा नगद चोर्ने गरेको ती महिलालाई आरोप लागेको छ ।

यो घटना भारतको हो । यूपी प्रहरीले ती ‘लुटेर दुलही’लाई पक्राउ गरी उनीविरुद्ध मुद्धा दर्ता गरेको छ ।

यूपीको गाजियाबाद पुलिसले मुद्धा दर्ता गरेको ती महिलाको नाम मोनिका मलिक भएको रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

ती महिलाले पछिल्लो समय एक ६६ वर्षीय कन्स्ट्रक्सन कन्ट्रेक्टरलाई आफ्नो निशाना बनाएकी थिइन् । ती महिलाले उनको १५ लाख नगद र अन्य सामान लिएर फरार भएकी थिइन् ।

६६ वर्षीय ती पुरुषको नाम जुगल किशोर हो । उनी ती महिलाको ८ औं पति भएको एजेन्सीले बताएको छ ।

आफ्नो नगद चोरी भएपछि किशोरले प्रहरीलाई उजुरी गरेका थिए । त्यसपछि प्रहरीले घटनाबारे अनुसन्धान गर्दा उनको ८ पति रहेको खुलेको हो ।

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहीबार  १० : १० बजे

झलनाथ अब नेकपामा सक्रिय नहुने, समाजवादी जागरण अभियान सञ्चालन गर्ने

काठमाडौं- वामपन्थी नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले छुट्टै अभियान सञ्चालन

चितवनमा ट्याक्टर र जिप ठोक्किँदा एक जनाको मृत्यु, १० घाइते

चितवन- चितवनको कालिका नगरपालिका–५ स्थित वडा कार्यालय चोकमा ट्याक्टर र बलेरो

सिमरामा उच्च शिक्षा सुधारसम्बन्धी दुईदिने संवाद : के विषयमा छलफल भयो ?

सिमरा – उच्च शिक्षा सुधार तथा राष्ट्रिय योग्यता प्रारूपबारे मधेश

अन्तरिम संविधानमार्फत नयाँ संविधान निर्माण जरुरी रहेको आजपाको निष्कर्ष

काठमाडौं– प्रभु साह नेतृत्वको आम जनता पार्टीले वर्तमान सरकारलाई फेक

हिउँदे आलु रोप्न भोजपुरका किसानलाई चटारो

भोजपुर– हिउँदे मौसम सुरु भएसँगै भोजपुरका किसानलाई आलु रोप्न चटारो