१० वर्षमा ८ जनासँग बिहे ? « Khabarhub

१० वर्षमा ८ जनासँग बिहे ?


२५ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आम मानिसको सपना हुन्छ धेरै सम्पत्ति आर्जन गर्ने । सम्पत्ति आर्जन गर्न मानिसले दुई बाटो अबलम्बन गर्छन । पहिलो मेहनत र इमानको दोस्रो छोटो बाटो वा चोरी छलकपटको ।

मेहनतले आर्जित सम्पत्तिले दीर्घकालसम्म खुसी दिन्छ तर दोस्रो बाटो अपनाउनेले क्षणिक रमाइलो त गर्लान अधिकांश समय भय डर त्राससँग जिउनु पर्छ ।

सम्पत्तिकै लागि मानिसले धेरै उपाय लगाउने गर्छन् । जुन भोग्नेलाई पीडा र सुन्नेलाई रमाइलो लाग्नसक्छ । यस्तै हर्कत गरेकी छन् एक महिलाले जसले १० वर्षमा ८ जनासँग विवाह गरिन ।

१० वर्षको अवधिमा ८ जना वृद्धसँग विवाह गरेर गहना तथा नगद चोर्ने गरेको ती महिलालाई आरोप लागेको छ ।

यो घटना भारतको हो । यूपी प्रहरीले ती ‘लुटेर दुलही’लाई पक्राउ गरी उनीविरुद्ध मुद्धा दर्ता गरेको छ ।

यूपीको गाजियाबाद पुलिसले मुद्धा दर्ता गरेको ती महिलाको नाम मोनिका मलिक भएको रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

ती महिलाले पछिल्लो समय एक ६६ वर्षीय कन्स्ट्रक्सन कन्ट्रेक्टरलाई आफ्नो निशाना बनाएकी थिइन् । ती महिलाले उनको १५ लाख नगद र अन्य सामान लिएर फरार भएकी थिइन् ।

६६ वर्षीय ती पुरुषको नाम जुगल किशोर हो । उनी ती महिलाको ८ औं पति भएको एजेन्सीले बताएको छ ।

आफ्नो नगद चोरी भएपछि किशोरले प्रहरीलाई उजुरी गरेका थिए । त्यसपछि प्रहरीले घटनाबारे अनुसन्धान गर्दा उनको ८ पति रहेको खुलेको हो ।

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहीबार  १० : १० बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल