कोरोना महामारी नियन्त्रण गर्न डा. पाण्डेका यस्ता सुझाव | Khabarhub Khabarhub

कोरोना महामारी नियन्त्रण गर्न डा. पाण्डेका यस्ता सुझाव


२५ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा कोरोना भाइरस फैलन नदिन भन्दै लामो समय लकडाउन गरियो । यसको असर सबै क्षेत्रमा परेको छ । आम मानिसको जनजीवन प्रभावित बनेको छ ।

लकडाउनका कारण जनता आजित बनेका छन् । विद्यार्थीहरू पुनः स्कूल/कलेज जान प्रतीक्षा गरिरहेका छन् । डाक्टरहरूले कोरोना संक्रमण फैलिन नदिन विभिन्न सुरक्षाका उपाय अपनाउनुपर्ने बताएका छन् ।

अर्कातिर, कोरोनाको महामारीले सिर्जना गरेको यो समस्या सामान्य हुन लामो समय लाग्ने विशेषज्ञहरूले बताउँदै आएका छन् ।

यसैबीच जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले कोरोनाबाट जोगिन सुरक्षाका साधन अपनाउन सकियो र सचेत भइयो भने कोरोना नियन्त्रणमा आउने बताएका छन् ।

उनले घरबाहिर जाँदा सबैले अनिवार्य रुपमा मास्क लगाउन सुझाव दिएका छन् भने कम्तीमा ६ फिटको दूरी कायम गर्नुपर्ने बताएका छन् । उनले प्रत्येक नागरिकले घरभित्र बसेमा कोरोना संक्रमण छिट्टै नियन्त्रणमा आउने पनि बताएका छन् ।

डा. पाण्डेले सामाजिक सञ्जालमार्फत दिएको सुझाव यस्तो छः

घरबाहिर जाँदा सबैले सहि तरिकाले अनिवार्यरुपमा मास्क लगाउने, जहाँ पनि ६ फिटको दुरी कायम गर्ने, हात सफा गरिरहने, भीडभाडमा नजाने तथा खुला ठाउँमा बसेर कुराकानी गर्नेजस्ता काम सबै नागरिकले अनुशासित भएर पालना गर्यौं भने –
– कहिल्यै लकडाउन हुँदैन ।
– कहिल्यै निषेधाज्ञा हुँदैन ।
– अस्पतालमा भर्ना हुनुपर्दैन ।
– आइसीयुमा पुग्नु पर्दैन ।
– भेन्टिलेटरमा जानु पर्दैन ।
– कोभिडको कारण मृत्यु हुँदैन ।
– हाम्रा काम तथा ब्यवसाय चलिरहन्छन् ।
– छोटो समयमा महामारी नियन्त्रण हुन्छ ।
– खोपको लागि चिन्तित हुनुपर्दैन ।
– हाम्रो जीवन र जीविका दुवै बच्छ ।
– देशको अर्थतन्त्र धरासायी हुँदैन ।
– जनजीवन पहिलेजस्तै सुचारु हुन्छ ।

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहीबार  १२ : १० बजे

मुस्ताङको स्याङमा जर्सी गाईपालन फस्टाउँदै

मुस्ताङ– जिल्लाको घरपझोङ गाउँपालिका–३ स्याङ गाउँमा उन्नत जर्सी गाईपालन व्यवसाय

‘जलाकी’ को छायाङ्कन नसक्दै उपासनाको हातमा ‘सुम्निमा’

काठमाडौं – नायिका उपसना सिंह ठकुरीको व्यस्तता बढ्दो छ ।

कहिले उड्ला गोरखाको पालुङटार विमानस्थलबाट जहाज (तस्बिरहरू)

काठमाडौं– गोरखाको पालुङटार विमानस्थल स्तरोन्नति गरी सञ्चालन गर्ने काम अगाडि

अमेरिका र यमनी हुथी विद्रोहीबीच युद्धविरामका लागि सहमति : ओमान

एजेन्सी– संयुक्त राज्य अमेरिका र यमनका हुथी विद्रोहीबीच युद्धविराम गर्न

पालुङबाट धरान ल्याएको फूलकोपीमा भेटियो ९७ प्रतिशत विषादी

सुनसरी– फलफूल तथा तरकारी व्यापारीहरू उमेश भन्ने सन्तोष ढकाल र