कतारबाट १४२ नेपाली स्वदेश फर्किए « Khabarhub

कतारबाट १४२ नेपाली स्वदेश फर्किए



दोहा- कोरोना भाइरस लगायत अन्य विभिन्न कारणले कतारमा अलपत्र १४२ जना नेपाली आज स्वदेश फर्किएका छन् ।

नेपाली दूतावासको समन्वय र नेपाल सरकारको सहजीकरणमा ३६ औं उडानमार्फत उनीहरु विहीबार नेपाल फर्किएका हुन् ।

दोहाबाट काठमाण्डौका लागि नेपाल एयरलाइन्सको २३९२ उडानमार्फत १२ महिलासहित १४२ जना स्वदेश फर्किएको कतारस्थित नेपाली दूतावासका द्वितीय सचीव प्रबीण भट्टराईले जानकारी दिए ।

दुवै उडानमा समावेश भएका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले कोभिड -१९ परीक्षण गरी पीसीआर नेगेटिभ भएको प्रमाणपत्रसहित यात्रा गरेको सचीव भट्टराईले बताए ।

स्वदेश फर्कन लागेका नेपालीहरुको यात्राको समन्वय, सहजिकरण तथा बिदाइका लागि दूतावासका कर्मचारीहरु हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।

दूतावासका अनुसार हिमालय एयरलाइन्सले आगामी सेप्टेम्बर २३ तारिखका लागि उडान गर्ने तय भएको जनाएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहीबार  ८ : ३६ बजे

तनहुँमा सुन्तला उत्पादन तथा बिक्रीको विवरण सङ्कलन गरिँदै

तनहुँ– तनहुँस्थित कृषि विकास कार्यालयले जिल्लाभित्र उत्पादित सुन्तलाको विवरण सङ्कलन

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

काठमाडौं – नेकपा (एमाले)को नयाँ नेतृत्वका लागि भएको मतदान सम्पन्न

एउटै वडाका ५३८ घरमा पानीको घारा

बागलुङ– गण्डकी प्रदेश सरकारको सबै घरमा खानेपानीको धारा पु¥याउने अभियानअन्तर्गत

एमाले महाधिवेशनको मतदान सकियो: २२२७ मत खस्यो, ३६ अनुपस्थित

काठमाडौं – बुधबार बिहानदेखि सुरु भएको नेकपा (एमाले)को ११ औं

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल