हालसम्म कपिलवस्तुमा कोरोनाले ६ जनाको मृत्यु « Khabarhub

हालसम्म कपिलवस्तुमा कोरोनाले ६ जनाको मृत्यु


२५ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कपिलवस्तुमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६ पुगेको छ ।

बुधबार राति थप एक जना कोरोना संक्रमितको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ६ पुगेको हो । बुधबार मृत्यु हुनेमा कपिलवस्तु नगरपालिका- ६ का २९ वर्षीय पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

मिर्गौला र उच्च रक्तचापबाट बिरामी परेपछि उपचारका लागि काठमाडौं शिक्षण अस्पताल लगिएकामा यही भदौ २२ गते उनमा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

उनको उपचारका क्रममा बुधबार राति मृत्यु भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताए।

जिल्लामा आज थप ४६ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ। यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या एक हजार २२४ पुगेको छ।

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहीबार  ८ : ४९ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना