भारतमा कोरोना संक्रमितको संख्यामा दैनिक नयाँ रेकर्ड, एकैदिन ९६ हजारमा संक्रमण « Khabarhub

भारतमा कोरोना संक्रमितको संख्यामा दैनिक नयाँ रेकर्ड, एकैदिन ९६ हजारमा संक्रमण


२६ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा कोरोना भाइरसको संक्रमणमा दैनिक नयाँ रेकर्ड कायम हुन थालेको छ ।

दैनिक संक्रमित संख्यामा बृद्धि हुँदै गएको भारतमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै ९६ हजारभन्दा बढीमा संक्रमण देखिएको छ ।

बिहीबार ९५ हजार ५२९ जनामा संक्रमण पुष्टि भएर नयाँ रेकर्ड कायम भएको भारतमा शुक्रबार त्यो रेकर्ड पनि तोडिएको छ ।

पछिल्लो २४ घण्टामा भारतमा ९६ हजार ७६० जनामा संक्रमण पुष्टि भएको छ । योसँगै भारतमा कोरोना संक्रमितको संख्या ४५ लाख ५९ हजार ७२५ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ३५ लाख ३९ हजार ९८३ जना संक्रमणमुक्त भएका छन् भने ९ लाख ४३ हजार ४३८ जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ७६ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १ हजार २१३ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ७६ हजार ३०४ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार  ५ : ३९ बजे

सम्झौताअनुसार निर्माण सम्पन्न नगरेपछि २६ व्यवसायीलाई स्पष्टीकरण

चितवन– भरतपुर महानगरपालिकाले सम्झौताअनुसार निर्माण कार्य सम्पन्न नगरेको भन्दै यहाँका

राप्रपा सासदको माग- आइतबारे बिदा खारेज गरौँ

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले

उपभोक्तालाई सहुलियत हुनेगरि बजार व्यवस्थापन गर्न सांसदहरूको माग

काठमाडौं– प्रतिनिधिसभाको आजको विशेष समयमा सांसदहरूले किसानले उत्पादनको उचित मूल्य

ट्रम्प–सी भेटअघि इरानी विदेशमन्त्री चीनमा, वाङ यीसँग वार्ता

बेइजिङ– इरानका विदेशमन्त्री अब्बास अराघचीले यसै साता चीनको भ्रमण गर्ने

कर नीतिमा अर्थमन्त्री असफल ? साढे तीन महिनामा दुईवटा कर खारेज, एउटा संशोधन प्रयास

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्ले कर सम्बन्धी नीतिमा असफल हुँदै