एकतामा भएको ढिलाइप्रति नेता सापकोटाको असन्तुष्टि « Khabarhub

एकतामा भएको ढिलाइप्रति नेता सापकोटाको असन्तुष्टि


२७ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटाले पार्टीको निर्देशन अनुसार सरकार चल्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

बुधबार एक कार्यक्रममा बोल्दै नेता सापकोटाले दलीय व्यवस्थामा दललाई सर्वोपरि भूमिकामा राख्नुपर्नेमा त्यसो हुन नसकेको गुनासो गरे ।
उनले पार्टी एकतामा भएको ढिलाइप्रति पनि असन्तुष्टि पोखे । उनले दलको सर्वोपरि भूमिका र एकीकरणको आवश्यकतामा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल दुवैको ध्यान पुग्न नसकेको टिप्पणी गरे ।

उनले भने “दलीय व्यवस्थामा दललाई सर्वोपरी भूमिकामा राख्नुपर्नेमा एकीकरण नै नटुंगिएपछि धेरै ठूलो नोक्सान भएको छ । स्थानीय तह सञ्चालनमा , प्रदेश सरकार संचालनमा, केन्द्रीय तह नै संचालन गर्न धेरै गाह्रो परेको छ । किन भने पार्टीको निर्देशनमा सरकार चल्नु पर्ने हो । यसमा अध्यक्षहरुकोे ध्यान पुगेको छैन ।”

प्रतिनिधिसभा अन्र्तगतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको उपसमिति संयोजक समेत रहेका नेता सापकोटाले तारागाउँ रिजेन्सी होटल्सलाई हक हस्तान्तरण गरी दिएको १ सय ५० रोपनी जग्गा सरकारको स्वामित्वमा ल्याउनैपर्ने भन्दै त्यससम्बन्धी आवश्यक निर्देशन गरिएको जानकारी दिए । उनले सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविनलाई बल पुग्ने गरी निर्देशन गरिएको दाबी गरे ।

प्रकाशित मिति : २७ चैत्र २०७५, बुधबार  ७ : ०६ बजे

मध्यपूर्व तनाव : इजरायल र अमेरिकी सैन्य अखडा लक्षित इरानी आक्रमण

एजेन्सी – मध्यपूर्वमा युद्धको ज्वाला थप दन्किएको छ । इरानले

जनावरबाट जोगिन शुक्लाफाँटामा ‘मेसवायर’

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिकामा जङ्गली जनावर प्रभावित क्षेत्रमा एक करोड ६७

सुनको मूल्य बढ्यो, कतिमा कारोबार भइरहेछ ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल

मादी नदीमा मत्स्य संरक्षण परियोजना कार्यान्वयन

तनहुँ– तनहुँ जलविद्युत् आयोजनाले मादी नदी क्षेत्रमा जैविक विविधता संरक्षण

रवि लामिछानेको चुनावी खर्च ९ लाख ८९ हजार : इन्धन र खाद्यान्नमा सबैभन्दा बढी खर्च

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा चितवन