फ्रेन्च लिग वानको नयाँ सिजनमा पहिलो खेलमै पीएसजी पराजित | Khabarhub Khabarhub

फ्रेन्च लिग वानको नयाँ सिजनमा पहिलो खेलमै पीएसजी पराजित


२६ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फ्रेन्च लिग वानको नयाँ सिजनको आफ्नो पहिलो खेलमा पेरिस सेन्ट-जर्मेन (पीएसजी) पराजित भएको छ ।

लिग अन्तर्गत बिहीबार राति भएको आफ्नो पहिलो खेलमा पीएसजी लेन्ससँग १-० ले पराजित भएको हो।

पहिलो रोजाईका ७ खेलाडीबिनै मैदान उत्रिएको पीएसजी पहिलो हाफसम्म गोलरहित बराबरीमा रोकिए पनि दोस्रो हाफको ५७औँ मिनेटमा गोल खायो ।

लेन्सका लागि ५७ औँ मिनेटमा गानागोले गरेको गोल नै निर्णायक बन्यो। लिग वानमा यहि सिजन बढुवा भएर आएको लेन्सले च्याम्पियन पीएसजीमाथि जीत निकालेको हो ।

पीएसजीका स्टार खेलाडीहरू नेयमार, केलियन एमबाप्पे, एन्जल डी मारिया लगायतका खेलाडीबिना मैदान उत्रिएको पीएजीले अब आइतबार मार्सेइलीसँग प्रतिस्पर्धा गर्नेछ ।

 

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार  ७ : ०२ बजे

भोजपुरमा मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता

भोजपुर- आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई

नलिनिकान्तका ‘हेरिटेज इन्डिया’ काठमाडौँमा प्रदर्शन

काठमाडौँ- भारतको गुजरात राज्यका अग्रज छविकार (४५ वर्षदेखि फोटोग्राफीमा सक्रिय)

जेन-जी आन्दोलनका घटनामा ३७५ जना पक्राउ

काठमाडौँ- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा

सशस्त्र प्रहरी अस्पतालमा नर्सिङ अध्ययन सुरु

काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य उपचारको क्षेत्रमा दक्ष जनशक्ति

एमाले अध्यक्ष ओली र झलनाथ खनालबीच भेटवार्ता

भक्तपुर– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(समाजवादी)का सम्मानित