अपराजित रहँदै चौथो पटक ट्रिनबागोले उचाल्यो सीपीएलको उपाधि « Khabarhub

अपराजित रहँदै चौथो पटक ट्रिनबागोले उचाल्यो सीपीएलको उपाधि


२६ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- क्यारेबियन प्रिमियर लिगको आठौं संस्करणको उपाधि ट्रिनबागो नाइट राइडर्सले उचालेको छ ।

बिहीबार राति भएको खेलमा ट्रिनबागोले सेन्ट लुसिया जोउक्सलाई ८ विकेटले पराजित गर्दै चौथो पटक उपाधि हात पारेको हो ।

यो सिजनको विजेता बनेको ट्रिनबागो अपराजित रहँदै लिगको उपाधि उचाल्न सफल भएको छ । उसले लिग चरणदेखि फाइनलसम्म गरी कुल १२ खेल खेल्दा सबै खेलमा जीत हात पारेको हो ।

ब्रायन लारा क्रिकेट स्टेडियममा सेन्ट लुसियाले दिएको १ सय ५५ रनको लक्ष्य ट्रिनबागोले १८ ओभर १ बलमा मात्र २ विकेट गुमाएर भेट्टायो ।

ट्रिनबागोको जीतमा लेन्डेल सिमोन्सले अविजित रहदै ८४ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै डरेन ब्राभोले पनि अविजित ५८ रनको आर्शशतकीय इनिङ्स खेले ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सेन्ट लुसियाले १९ ओभर १ बलमा अलआउट हुँदै १ सय ५४ रन बनाएको थियो । सेन्ट लुसियाका आन्द्रे फलेट्चरले ३९ रन जोड्दा मार्क डियालले २९ रन जोडे ।

ट्रिनबागोका केइरन पोलार्डले ४ विकेट लिए । अली खान र फावाद अहमेदले २/२ विकेट लिए ।

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार  ७ : ३७ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना