अब न्यूनतम १० कित्ता शेयर पनि किन्न पाइने | Khabarhub Khabarhub

अब न्यूनतम १० कित्ता शेयर पनि किन्न पाइने


२७ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्कासनमा हालको कम्तीमा ५० कित्ता आवेदन गर्ने व्यवस्थामा परिवर्तन गरी न्यूनतम् १० कित्ता पनि आवेदन गर्न पाउने व्यवस्था गरेको छ ।

विद्यार्थी तथा स–साना पूँजी भएका वर्गको पूँजीबजारमा पहुँच बढाउने र यसलाई समावेशी बनाई ‘एक नेपाली एक डिम्याट खाता’ अभियानलाई थप प्रभावकारी बनाउने उद्देश्यले सार्वजनिक निष्कासनमा न्यूनतम् १० कित्ता आवेदन गर्न पाउने व्यवस्था गरिएको बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिए ।

बोर्डले बुधबार नै यस व्यवस्थालाई तत्काल कार्यान्वयन गर्न सम्बन्धित सबै निष्कासन तथा बिक्री प्रबन्धक मर्चेन्ट बैंकरलाई परिपत्रसमेत गरेको छ ।

समावेशी भनिएको यो व्यवस्थाले पूँजीबजारमा जनसहभागिता बढ्ने र पूँजीबजारको विकास र विस्तारमा थप टेवा पुग्ने विश्वास गरिएको प्रवक्ता रेग्मीले बताए ।

सबै वर्गका लगानीकर्ताको सहभागिता बढाउन उपलब्ध भएसम्म सबै आवेदकले कम्तीमा १० कित्ता शेयर पाउने समावेशी वितरण प्रणाली र २०७३ सालदेखि आश्वा व्यवस्था लागू भएपश्चात् देशैभर साना तथा आम लगानीकर्ताको सहभागिता बढ्दै गएको बोर्डले जनाएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७५, बुधबार  ७ : २२ बजे

अदालतको सेवा एक दिन पनि रोक्न मिल्दैन : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले अदालतको सेवा एक दिन पनि रोक्न

कृषि भूमिकोसंरक्षण आवश्यक : कृषिमन्त्री परियार

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले खाद्य सुरक्षालाई

चितवनमा फूल आयात रोक्न माग

चितवन– जिल्लामा फूल आयात रोक्न फ्लोरिकल्चर एसोसिएसन नेपाल चितवन शाखाले

फजुल खर्च रोक्दै दोलखाका सहकारी !

दोलखा– जिल्लाका सहकारी संस्थाहरू यतिबेला वार्षिक साधारणसभा कार्यक्रम सकाउन केन्द्रित

अकबरे खुर्सानीमा भेटियो अत्याधिक मात्रामा विषादी

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजारमा भित्रिएको अकबरे खुर्सानीमा अत्याधिक