कतार प्रहरीको नयाँ बर्दी सार्वजनिक   « Khabarhub

कतार प्रहरीको नयाँ बर्दी सार्वजनिक  



दोहा- कतारको आन्तरिक मन्त्रालयले आगामी सेप्टेम्बर १३ अर्थात् आइतबारदेखि लागू हुने गरी कतार प्रहरीको नयाँ बर्दी सार्वजनिक गरेको छ ।

पत्रकार सम्मेलनमा प्रहरी बर्दी समितिका अध्यक्ष ब्रिगेडियर जनरल अहमद जबर अल-हमिदी र समितिका सदस्य मेजर फहाद सईद अल सुबाईले प्रहरीको नयाँ बर्दी सार्वजनिक गरेका हुन् ।

नयाँ बर्दी कतारको वातावरण र कार्यहरूको प्रकृति अनुरूप आधुनिक र शास्त्रीय शैलीहरूको संयोजनलाई ध्यानमा राखेर अरब सभ्यता झल्काउँने गरी डिजाइन गरिएको जनाइएको छ ।

नयाँ बर्दीलाई आधिकारिक बर्दी, ड्यूटी बर्दी , क्षेत्र बर्दी , विशेष क्षेत्र बर्दी , प्रशिक्षण बर्दी र विशेष मिसन बर्दीमा वर्गीकृत गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

यो बर्दी सार्वजनिक यातायातको सुरक्षा, एयरपोर्ट सुरक्षा, ट्राफिक पेट्रोल र स्टेडियम सुरक्षा विभागका साथै महिला पुलिस अधिकारीहरूको लागि डिजाइन गरिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार  ८ : १५ बजे

क्रोएसियामाथि इङ्गल्यान्ड ४–२ ले विजयी, कप्तान केनले बनाए कीर्तिमान

टेक्सास – कप्तान ह्यारी केनको दुई गोलको मद्दतले इङ्गल्यान्डले फिफा

अमेरिका-इरान युद्ध रोक्ने समझदारीमा डिजिटल हस्ताक्षर

वासिङ्टन – अमेरिका र इरानबीच जारी युद्ध अन्त्य गर्ने उद्देश्यका

कंगोसँग पोर्चुगलको बराबरी: रोनाल्डो गोल गर्न चुके

काठमाडौँ – उपाधि दाबेदार मानिएको पोर्चुगल फिफा विश्वकप २०२६ को

आज २०८३ साल असार ४ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ४ गते बिहीबार । सन्

फिफा विश्वकप : कंगोविरुद्ध पोर्चुगललाई सुरुवाती अग्रता

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा पोर्चुगलले