साउदीमा थप २ सय नेपाली अलपत्र « Khabarhub

साउदीमा थप २ सय नेपाली अलपत्र



दोहा- पछिल्लो केही दिनयता साउदी अरबमा नेपाली श्रमिकहरू अलपत्र पर्ने क्रम बढेको छ ।

कोरोना भाइरस संक्रमणका कारणले नेपालमा अन्तर्राष्ट्रिय हवाई उडानमा रोक लागेको र कोरोना लगायत अन्य कारणले रोजगारी गुमाएर लामो समयसम्म कोठामा बस्नु परेकोले धेरै नेपाली अलपत्र पर्न थालेका छन् ।

साउदी अरबको रियादमा थप २ सय नेपाली कामदार अलपत्र परेका छन् । रियादस्थित अल मवारिद सप्लाई कम्पनीमा कार्यरत नेपालीहरूले आफूहरू समस्यामा परेको भन्दै उद्धारको अपिल गरेका छन् ।

उनीहरूका अनुसार यी श्रमिकहरू ७ महिनादेखि कोठामा बसेका छन् । कतिपयको भिसाको म्याद सकिएर ‘एक्जिट भिसा’ लागेको पनि २ महिना भइसकेको छ । यस्तो अवस्थामा कम्पनीले घर पठाउनमा बेवास्ता गरेको उनीहरूको गुनासो छ । पर्याप्त हवाई उडान नहुँदा आफैँ टिकट काटेर फर्किन चाहनेहरू पनि अलपत्र छन् ।

साउदी अरबको रियादस्थित उक्त कम्पनीमा काम गर्ने नेपालीहरूले आफूहरूको उद्धारमा नेपाली दूतावासले पनि आवश्यक सहयोग नगरेको आरोप लगाए । सोही कम्पनीमा कार्यरत सुमन नेपालका अनुसार नेपाली श्रमिककले ७ महिनादेखि तलब पाएका छैनन् ।

साउदीस्थित नेपाली दूतावाससँग चार्टर फ्लाइटका लागि अनुमति मागे पनि नपाएको भन्ने खबर कम्पनीले आफूहरूलाई दिने गरेको उनले बताए । टिकट भाडा पनि अत्यन्तै महँगो भएको गुनासो कम्पनीका अधिकारीहरूले गरेको उनको भनाइ छ ।

कम्पनीले भाडा महँगो भयो भनेपछि आफूहरूले आधा भाडा व्यहोर्ने गरी पैसा समेत कम्पनीमा बुझाएको सुमनले बताए । उनका अनुसार कतिपयले घरबाट पैसा मगाएर कम्पनीमा बुझाए तर अहिलेसम्म नेपाल फर्किने टुङ्गो नलागेको उनको भनाइ छ ।

खाना राम्रो नभएका कारण धेरै साथीहरू बिरामी परेको सुमनले बताए । बिरामी भएका कसैले पनि उपचार नपाएको श्रमिकहरूको भनाइ छ । सुमनले भने, ‘एकातिर रोजगारी गुमाएको पीडा छ, अर्कातिर समयमा घर फर्किन पाइएन, फेरि कति साथीहरू बिरामी परेका छन् ।’

उता साउदीको समास्को कम्पनीमा करिब १२ सय नेपाली कामदार महिनौँदेखि स्वदेश फिर्तिको पर्खाइमा छन् । उनीहरूले नेपाल सरकारले वेलैमा आफ्ना नागरिकहरूलाई स्वदेश फर्काउन नसकेको भन्दै नेपाल सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्को नाराबाजी गरेका थिए । उनीहरूले नेपाली दूतावासविरुद्ध पनि नारा लगाएका थिए ।

नेपाली श्रमिकहरूको आक्रोश र नाराबाजीका बारेका साउदीस्थित नेपाली दूतावासमा बुझ्दा उडान संख्या कम हुन नै प्रमुख समस्या रहेको एक अधिकारीले बताए । लामो समयदेखि घर फर्किन प्रतीक्षारत श्रमिकहरू आक्रोशित हुनु स्वाभाविक भएको उनको भनाइ थियो ।

साउदीका लागि नेपाली राजदूत महेन्द्रप्रसाद सिंह राजपुतले पनि स्वदेश फर्किन नपाएर श्रमिकहरू आक्रोशित हुनु स्वाभाविक रहेको बताए । उनले यही सेप्टेम्बर १८ तारिखमा केही श्रमिकलाई पठाउने र बाँकी रहेकालाई क्रमशः पठाउने तयारी भएको बताए ।

राजदूत राजपुतले घर फिर्तिसम्बन्धी श्रमिकहरूको समस्या चाँडै समाधान हुने विश्वास पनि प्रकट गरे ।

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार  ८ : २५ बजे

एन्फाका पूर्वाध्यक्ष कर्माछिरिङ शेर्पा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्वाध्यक्ष कर्र्माछिरिङ शेर्पा

रास्वपाको पहिलो महाधिवेशनले उब्जाएका १० प्रश्न

काठमाडौं । छ दिनसम्म लगाएर राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो महाधिवेशन

युरोपमा किन बढ्यो गर्मी, अस्तव्यस्त जनजीवन

काठमाडौँ । युरोपमा दिनप्रतिदिन भीषण गर्मीले रेकर्ड तोडिरहेको छ। अत्यधिक

महाधिवेशनसँगै नयाँ र पुरानोको द्वन्द्व सकियो, गुट र उपगुट पनि अन्त्य भयो : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले

अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छ: प्रधानन्यायाधीश शर्मा

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायिक विषयवस्तुसम्बन्धी