अमेरिकामा बस्ने म्याग्देलीले गरे म्याग्दीका बाढीपहिरो पीडितलाई साढे ३४ लाख सहयोग « Khabarhub

अमेरिकामा बस्ने म्याग्देलीले गरे म्याग्दीका बाढीपहिरो पीडितलाई साढे ३४ लाख सहयोग


२६ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गलेश्वर – म्याग्दीका बाढीपहिरो पीडितलाई अमेरिकाको न्यूयोर्कमा बसोबास गर्ने म्याग्देलीले करिब रु साढे ३४ लाख सहयोग गरेका छन् ।

म्याग्दी समाज न्यूयोर्क अमेरिकाले त्यहाँ रहेका म्याग्देलीबाट सहयोग सङ्कलन गरी जिल्लाभरका बाढीपहिरो पीडितलाई रु ३४ लाख ४५ हजार सहयोग प्रदान गरेको हो ।

गत असार २५ गते पश्चिम म्याग्दीको धवलागिरी, मालिका, मङ्गला र अन्नपूर्ण गाउँपालिकामा बाढीपहिरोमा ज्यान गुमाएकाको परिवार, घाइते, सुत्केरी र पूर्णरुपमा विस्थापित भएकालाई म्याग्दी समाज न्यूयोर्कले स्थानीय तहका जनप्रतिनिधिमार्फत उनीहरुको हातहातमै आर्थिक सहयोग हस्तान्तरण गरेका छन् ।

स्थानीय तह र प्रहरीले उपलब्ध गराएको विवरणका आधारमा समाजले धवलागिरीमा मृतकका परिवार, घाइते र चार जना सुत्केरीलाई रु २ लाख ८० हजार तथा पूर्णरुपमा क्षति भएका ४४ घरपरिवारलाई रु ११ लाख सहयोग गरेको छ ।

त्यस्तै मालिका गाउँपालिकामा मृतकका परिवार र घाइतेलाई रु ७० हजार तथा पूर्णरुपमा क्षति भएका ५३ घरधुरीलाई रु १३ लाख २५ हजार, मङ्गला गाउँपालिकामा १५ घरधुरीलाई रु ३ लाख ७५ हजार, रघुगङ्गा गाउँपालिकामा मृतकका ३ जना परिवारलाई रु ३० हजार तथा उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका दुई जना मृतकका परिवार र एक जना घाइतेलाई रु ३० हजार एंव पूर्ण क्षति भई विस्थापित भएका १९ परिवारलाई रु दुई लाख ३५ हजार सहयोग गरिएको म्याग्दी समाज न्यूयोर्कका प्रतिनिधि पूर्णबहादुर पुनले बताए ।

पूर्णरुपमा विस्थापित भएका प्रतिघरधुरीलाई रु २५ हजार, प्रतिमृतक परिवारलाई रु १० हजार, प्रतिघाइते व्यक्तिलाई रु १० हजार र प्रति सुत्केरी महिलालाई रु १० हजारको दरले सहयोग गरिएको उनको भनाइ छ । त्यस्तै एकै परिवारमा दुई जनाले ज्यान गुमाएकालाई रु १५ हजार, तीन जनालाई रु २० हजार र चार जनालाई रु २५ हजार नगद सहयोग गरिएको बताइएको छ ।

सहयोग हस्तान्तरण कार्यक्रममा सम्बन्धित गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षलगायत स्थानीय जनप्रतिनिधिको सहभागिता थियो ।

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार  १२ : ४९ बजे

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान