कोरोना संक्रमणपछि पहिलो पटक बहराइन पुगे १४६ नेपाली | Khabarhub Khabarhub

कोरोना संक्रमणपछि पहिलो पटक बहराइन पुगे १४६ नेपाली



दोहा- कोरोना भाइरसको महामारीपछि पहिलो पटक नेपालीहरू बहराइन पुगेका छन् ।

कोरोना महामारीले बिदामा घर गएका नेपालीहरू बहराइन फर्कन सुरू गरेका हुन् । नेपाल एयरलाइन्सको उडानमार्फत बिहीबार पहिलो पटक १४६ नेपाली कामदार बहराइन पुगेका छन् ।

बहराइनस्थित नेपाली दूतावासले बिदामा गएकाहरु फर्कन सक्ने २११ जनाको सूची सार्वजनिक गरेपछि पहिलो चरणमा १४६ जना बहराइन पुगेका हुन् । बहराइन पुगेकाले ३० बिडी शुल्क तिरेर कोरोना परीक्षण गराई ७ दिन आइसोलेसन बसेर कार्यक्षेत्रमा जानअघि फेरि कोरोना परीक्षण गर्नु पर्नेछ ।

बहराइनबाट विभिन्न समयमा बिदामा घर पुगेका नेपालीहरू कोरोनाका कारण हवाई उडान स्थगित भएपछि नेपालमै रहेका थिए ।

यस्तै बहराइनमा समस्यामा परेका १५० नेपाली लिएर नेपाल एयरलाइन्स बिमान स्वदेश फर्किएको दूतावासले जनाएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार  १ : ५४ बजे

प्रधानमन्त्रीलाई प्रश्न – सत्तामै बसेर कसका विरुद्ध शक्ति प्रदर्शन ?

काठमाडौं- सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेले संघीय राजधानी काठमाडौंमा गर्न

देशभर ३२ हजारबढीमा डेंगु संक्रमण, १३ जनाको मृत्यु  

काठमाडौं – देशभर ३२ हजार ७ सय जनामा डेंगु संक्रमण

दरबारमार्गतिर अघि बढ्यो एमालेको जुलुस (तस्बिरहरू)

काठमाडौं- बिहान ११ बजे सुरु हुने भनिएको सत्तारुढ नेकपा एमालेको आमसभा

चिसोमा हिटर बाल्दा यी कुरामा ध्यान दिनुहोस् !

काठमाडौं– कात्तिक लागेसँगै चिसो बढिरहेको छ । यो चिसोमा गाउँघरतिर

दुर्गा प्रसाईंका समर्थकहरूको सभा कोटेश्वरमा

काठमाडौं- भाइरल मेडिकल व्यवसायी दुर्गा प्रसाईं हिरासतमा रहेका बेला उनका