बलिउड इतिहासको सबैभन्दा महंगो फिल्म बन्दै 'टाइगर ३', सलमान खानले लिनेछन् यति पारिश्रमिक | Khabarhub Khabarhub

बलिउड इतिहासको सबैभन्दा महंगो फिल्म बन्दै ‘टाइगर ३’, सलमान खानले लिनेछन् यति पारिश्रमिक


२६ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड स्टार सलमान खानका फ्यानले उनको नयाँ फिल्मको प्रतीक्षा गरिरहेका छन् । बक्स अफिसमा उनका फिल्मले धमाकेदार प्रदर्शन गर्ने गर्छन् । तर, केही वर्षयता भने फिल्मले सोचेजस्तो व्यापार गर्न सकेका छैनन् ।

पछिल्लो समय सलमान खान आफ्नो सुपरहिट फिल्म सिरिज ‘टाइगर जिन्दा है’ लाई लिएर चर्चामा छन् । फिल्ममा सलमान खान र क्याटरीना कैफको जोडी रहने बताइएको छ ।

यद्यपि, फिल्मका बारेमा यशराज फिल्मसले भने कुनै जानकारी दिएको छैन । चर्चाका अनुसार यो फिल्म बम्पर बजेटमा निर्माण हुनेछ । यो फिल्म बलिउड इतिहासकै सबैभन्दा महंगो फिल्म बन्ने दाबी गरिएको छ ।

टाइगर सिरिजको पहिलो र दोस्रो फिल्मले राम्रो कमाइ गरेको थियो । रिपोर्टका अनुसार, ‘टाइगर ३’ को प्रोडक्सन खर्च २ सयदेखि २ सय २५ करोड भारु हुने बताइएको छ । प्रोडक्सन कस्टमा आजसम्म कुनै फिल्मले पनि यति लगानी गरेका छैनन् । यस्तै प्रिन्ट र पब्लिसिटीमा झण्डै २५ करोड भारु खर्च हुने पनि बताइएको छ ।

यो फिल्मका लागि सलमान खानले १ सय करोड भारु पारिश्रमिक लिने पनि बताइएको छ । साथै सलमान खान फिल्मको मुनाफाको हिस्सेदार पनि हुनेछन् । यो फिल्म ६ देखि ७ देशमा अन्तर्राष्ट्रिय स्टन्ट टिमका साथ शूटिङ हुने जनाइएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार  ४ : ०० बजे

बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

काठमाडौं – बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार

टिचिङमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको उद्‌घाटन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा