बलिउड इतिहासको सबैभन्दा महंगो फिल्म बन्दै ‘टाइगर ३’, सलमान खानले लिनेछन् यति पारिश्रमिक « Khabarhub

बलिउड इतिहासको सबैभन्दा महंगो फिल्म बन्दै ‘टाइगर ३’, सलमान खानले लिनेछन् यति पारिश्रमिक


२६ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड स्टार सलमान खानका फ्यानले उनको नयाँ फिल्मको प्रतीक्षा गरिरहेका छन् । बक्स अफिसमा उनका फिल्मले धमाकेदार प्रदर्शन गर्ने गर्छन् । तर, केही वर्षयता भने फिल्मले सोचेजस्तो व्यापार गर्न सकेका छैनन् ।

पछिल्लो समय सलमान खान आफ्नो सुपरहिट फिल्म सिरिज ‘टाइगर जिन्दा है’ लाई लिएर चर्चामा छन् । फिल्ममा सलमान खान र क्याटरीना कैफको जोडी रहने बताइएको छ ।

यद्यपि, फिल्मका बारेमा यशराज फिल्मसले भने कुनै जानकारी दिएको छैन । चर्चाका अनुसार यो फिल्म बम्पर बजेटमा निर्माण हुनेछ । यो फिल्म बलिउड इतिहासकै सबैभन्दा महंगो फिल्म बन्ने दाबी गरिएको छ ।

टाइगर सिरिजको पहिलो र दोस्रो फिल्मले राम्रो कमाइ गरेको थियो । रिपोर्टका अनुसार, ‘टाइगर ३’ को प्रोडक्सन खर्च २ सयदेखि २ सय २५ करोड भारु हुने बताइएको छ । प्रोडक्सन कस्टमा आजसम्म कुनै फिल्मले पनि यति लगानी गरेका छैनन् । यस्तै प्रिन्ट र पब्लिसिटीमा झण्डै २५ करोड भारु खर्च हुने पनि बताइएको छ ।

यो फिल्मका लागि सलमान खानले १ सय करोड भारु पारिश्रमिक लिने पनि बताइएको छ । साथै सलमान खान फिल्मको मुनाफाको हिस्सेदार पनि हुनेछन् । यो फिल्म ६ देखि ७ देशमा अन्तर्राष्ट्रिय स्टन्ट टिमका साथ शूटिङ हुने जनाइएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार  ४ : ०० बजे

बालेन्द्रको राजीनामा माग्दै नेकपाको प्रदर्शन

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामाको माग गर्दै नेपाली कम्युनिष्ट पाटी(नेकपा)ले

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं– काभ्रेको पाँचखाल नगरपालिका-१२ खहरेगाउँस्थित सडकमा खहरेगाउँबाट काँसकोटेतर्फ आउँदै गरेको बा.६३

कामपाद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान 

काठमाडौं– काठमाडौं महानगरपालिकाले टिचिङ अस्पताल महाराजगञ्जको बहिरङ्ग (ओपीडी) सेवालाई बिरामीमैत्री

‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने

काठमाडौं– नापी विभागले ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक गरेको छ। भूमि

चुनावमा अन्तर्घात : बारा जिल्ला सभापति राजेश राय कांग्रेसबाट निलम्बन

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले पार्टी अनुशासन उल्लंघनसम्बन्धी विभिन्न