बारीमा बाँधेका गोरु काट्ने दुई पक्राउ « Khabarhub

बारीमा बाँधेका गोरु काट्ने दुई पक्राउ


२६ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दैलेख- दैलेखको भैरवी गाउँपालिकामा बारीमा बाँधिएका गोरु काट्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

दुई गोरुमध्ये एउटा गोरुको अगाडीको दुइ वटै खुट्टा काटिएको छ । पुच्छर छैन । अर्को गोरुको नाकमाथि छेदबिच्छेद हुने गरी काटिएको छ । दुई वटै गोरुका गर्धनमा पटक–पटक हतियार प्रयोग गरिएको छ ।

भैरवी–२ रावतकोटस्थित सोबिन थापाले बारी मल्न घरदेखि टाढा गोरु बाँध्नुभएको थियो  । उनको घरदेखि बारीमा पुग्न करिव पाँच मिनेट समय लाग्छ । पीडित थापाका अनुसार बिहान घाँस हाल्न जाँदा रक्ताम्मे अवस्थामा गोरु भेटिए ।

‘गोरुको गएराति नै खुट्टा र मुख काटिएको हुनुपर्छ, बिहान मात्रै यसबारे थाहा पाए’, थापाले भने । बिहान गाउँपालिका र प्रहरीलाई खबर गरेपछि दुई जनालाई प्रहरी चौकी सिलङ्गी लगिएको छ । रातिको समयमा गोरु कराएको गाउँलेले सुनेका उनले जानकारी दिए  ।

सोही वडाका वडाअध्यक्ष हरिबहादुर थापाका अनुसार बाघले आक्रमण गरेको हुनसक्ने भन्दै उनीहरु त्रासले बाहिर आउन सकेनन् । गोरु काटेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

भैरवी–२ का शंकास्पदरुपमा स्थानीयवासी दुई जनालाई पक्राउ गरिएको जिल्ल प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक नैनबहादुर सावदले जानकारी दिए ।

‘शंकास्पद भनिएका दुई जनालाई नियन्त्रणमा लिई छानबिन गर्दैछौँ’, उनले भने, ‘यसबारेमा अहिले नै केही भन्न सकिदैन्, बाँकी अनुसन्धानका क्रममा खुल्छ, हामीले अनुसन्धान गरिरहेका छौँ ।’

दुई वर्षअघि नै सामान्य विवाद भएको बताएका थापाले बिहीबार दिउँसो पनि गोरुका विषयमा विवाद भएको बताए । सामान्य विवादका कारण शंकास्पद पक्राउ परेका राजु विष्टले नै गोरु काटेको थापाको आरोप छ ।

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार  ९ : ०० बजे

मोरङमा एसईईका सहायक केन्द्राध्यक्ष पक्राउ

काठमाडौँ- मोरङको ग्रामथान गाउँपालिकास्थित एक परीक्षा केन्द्रका सहायक केन्द्राध्यक्षलाई प्रहरीले

आईपीएल : कोलकाताले लखनउलाई दियो १८२ रनको लक्ष्य

काठमाडौं – कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्स विरुद्ध आईपीएलको

त्रिभुवन विमानस्थलमा ‘एईडी’ मेसिन जडान

काठमाडौं – दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको

फ्रान्सेली राजदूतले प्रधानमन्त्री बालेनलाई भेटेर दिइन् राष्ट्रपति म्याक्रोनको सन्देश

काठमाडौँ- प्रधानमन्त्री बालेन शाहले कार्यभार सम्हालेकोमा नेपालका लागि फ्रान्सेली राजदूत

नागढुङ्गा सुरुङमार्ग : सवारी साधनको शुल्क सार्वजनिक

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नागढुङ्गा सुरुङ मार्गमा