नेयमार कोरोना मुक्त « Khabarhub

नेयमार कोरोना मुक्त


२७ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्टार नेयमार कोरोना मुक्त भएका छन् । ब्राजिलियन स्टारलाई १० दिन अघि कोरोना संक्रमण देखिएको थियो ।

नेयमारले शुक्रबार आफु कोरनामुक्त भएको जनाएका छन् । ‘म अभ्यासमा फर्केको छु । एकदमै खुसी । कोरोना आउट,’ नेयमारले ट्वीट गरेका छन् ।

सेप्टेम्बर २ मा नेयमारसँगै क्लका अन्य तीन खेलाडीको कोरोना संक्रमण देखिएको थियो । केही दिन अघि अर्का स्टार केलियन एमबाप्पेलाई पनि संक्रमण देखिएको थियो ।

सन् २०१७ मा बार्सिलोनाबाट पिएसजीमा आबद्ध भएका नेयमारले टोलीका लागि ८५ खेलमा ७० गोल गर्नुका साथै ४१ एसिस्ट गरेका छन् । पिएसजी पुगेर उनले तीन वटा लिग वन, दुई वटा फ्रेन्च कप र दुई पटक फ्रेन्च लिग कप जितेका छन् ।

नेयमारको उच्च प्रदर्शनबाट प्रेरित पिएसजी गत सिजन च्याम्पियन्स लिगको फाइनलमा पुगेको थियो । क्लब इतिहासमै पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको पिएसजी बायर्नसँग १-० ले पराजित भएको थियो ‌।

प्रकाशित मिति : २७ भाद्र २०७७, शनिबार  ६ : ४७ बजे

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी– पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि मतदान सुरू

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान

पोखरेबगर पुलको पहुँचमार्ग जोडियो, हलुका सवारीसाधन चल्न थाले

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकअन्तर्गत कालीगण्डकी नदीको बाढीले बगाएको म्याग्दीको पोखरेबगर पुलको

‘प्यानलको चिट बाँड्नु आवश्यक छैन, सबै उम्मेदवार समान हुन्’

काठमाडौं– नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले १५औँ महाधिवेशनमा नेतृत्व चयनका