दमको समस्या भएकाले खानेकुरा « Khabarhub

दमको समस्या भएकाले खानेकुरा


२७ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्वासप्रश्वास सम्बन्धि रोग हो, दम । यस रोगमा स्वास फेर्न गाह्रो हुने, स्वास घ्यारघ्यार हुने, कफ बस्ने लगायतका समस्या हुने गर्दछ । गर्मीको तुलनामा जाडो महिनामा दमले बढी सताउँछ ।

दमको समस्या भएमा आफ्नो खानपान र जीवनशैलीमा परिवर्तन गर्नुपर्दछ । यस अवस्थामा दम रोगलाई नियन्त्रण गर्ने खानेकुरा खाएर पनि यस समस्याबाट मुक्ति पाउन सकिन्छ । यस्तो छ, दम रोगीले खानुपर्ने कुराहरु :

१. ड्राइ फुड्स
सुन्दा अचम्म लाग्ला तर दम रोगमा नियन्त्रण पाउन ड्राइ फुड्सको सेवन उपयोगी हुन्छ । यसमा म्याग्नेसियम र भिटामिन पाइन्छ जसले दमका बिरामीलाई लाभ पुर्याउँछ । म्याग्नेसियम घ्यारघ्यार हुनबाट रोक्दछ भने भिटामिनले इम्युनिटी बढाउँछ ।

२. ताजा फल
ताजा तथा सफा फलमा एन्टिअक्सिडेन्ट र भिटा क्यारोटिन प्रसस्त मात्रामा पाइन्छ । त्यसैले नियमित फल खाने मानिसमा दम हुने सम्भावना कम हुन्छ । दमको समस्यामा कीवी र सुन्तला जस्ता फल खाएमा चाडैं लाभ मिल्दछ । यी फलले फोक्सो सुन्निने तथा पोल्ने समस्याबाट लाभ दिलाउँछ ।

३. दाल
फ्याट र क्यालोरी कम हुने भएकाले दाल दमका बिरामीका निम्ती लाभदायक हुन्छ । यसमा पाइने फाइबरले शरीरको कोलेस्ट्रोललाई समेत कम गर्दछ । यसले श्वासप्रश्वासमा एलर्जी उत्पन्न गराउने बाहिरी कणहरुलाई समेत रोक्दछ ।

४. ओमेगा ३ फ्याट
साल्मोन र टुना माछा, जैतुन वा आलसको दानामा ओमेगा ३ फ्याटी एसिड हुन्छ । यसलाईे खानामा समावेश गरेमा दम रोगीका निम्ती निकै लाभदायक हुन्छ ।

प्रकाशित मिति : २७ भाद्र २०७७, शनिबार  ९ : ४९ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर