कोरोना सङ्क्रमित ८५ वर्षीय पुरुषको मृत्यु « Khabarhub

कोरोना सङ्क्रमित ८५ वर्षीय पुरुषको मृत्यु


२७ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- पोखरामा उपचारको क्रममा एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

यही भदौ २४ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल कोभिड–१९ उपचार केन्द्रमा भर्ना भई सघन उपचार कक्षमा उपचाररत स्याङ्जा पुतलीबजार नगरपालिका–१ का ८५ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा अर्जुन आचार्यले जानकारी दिए ।

सो अस्पतालमा हालसम्म उपचारका क्रममा १० जना सङ्क्रमितको मृत्यु भएको जनाइएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २३ पुगेको छ । प्रदेशमा दुई हजार ८२० सङ्क्रमित भएकामा एक हजार ८४९ निको भएका छन् ।

प्रकाशित मिति : २७ भाद्र २०७७, शनिबार  १२ : ०० बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने