दाहसंस्कारपछि मात्रै कोरोना पुष्टि, एक सय बढी थिए मलामी « Khabarhub

दाहसंस्कारपछि मात्रै कोरोना पुष्टि, एक सय बढी थिए मलामी


२७ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- पोखरामा एक महिलाको दाहसंस्कार भइसकेपछि मात्र कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।

स्तन क्यान्सर र मिर्गौला सम्बन्धी समस्या भएर उपचार गराइरहेकी एक महिलाको २ दिनअघि मृत्यु भयो। शुक्रबार पोखरा सेती नदीमा दाहसंस्कार गरिएकी ती महिलामा कोरोना भाइरस संक्रमणसमेत रहेको शनिबार मात्र पुष्टि भएको छ ।

पर्यटन व्यवसायी , राजनीतिज्ञ र समाजसेवी लगायत एक सय जना भन्दा बढी व्यक्ति उनको मलामी गएका थिए ।

मृतक महिलामा कोरोना रहेको पुष्टि भएपछि अस्पतालका ४ स्वास्थ्यकर्मी र मलामीहरु अहिले क्वारेन्टाइनमा बसेका छन् ।

पोखरा ५ पस्र्याङ बस्ने ४५ वर्षे महिलाको स्वास्थ्यमा समस्या भएपछि परिवारले बुधबार फिस्टेल अस्पताल लगेको थियो। सिकिस्त हुँदै जाँदा उनलाई बिहीबार आइसियूमै भर्ना गरिएको अस्पतालले जनाएको छ।

गण्डकी स्वास्थ्य निर्देशनालयका स्वास्थ्य शिक्षा प्रशिक्षक नवराज शर्माले स्वाब लिइसकेको व्यक्तिको शव परिवारलाई बुझाउनु मनपरी भएको बताएका छन् ।

नमुना परीक्षण किन नगरिएको, स्वाब लिएपछि शव किन परिवारलाई हस्तान्तरण गरिएको र रिपोर्टका लागि एक दिन किन कुर्न नसकेको भन्ने लगायतका उनले प्रश्न गरेका छन्।

ती महिलाको मृत्युसँगै कोरोनाबाट ज्यान गुमाउने गण्डकी प्रदेशमा २४ जना पुगेका छन्।

शनिबार मात्रै पोखरामा ८५ वर्षे पुरुषको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ज्यान गएको छ । उनी स्याङ्जाको पुतलीबजारका बासिन्दा हुन्।

क्षेत्रीय अस्पतालमा ज्यान गुमाउने उनी दसौं व्यक्ति हुन्। मृत्यु भएका १० जनामध्ये पोखराकै चाहिँ ६ जना छन् ।

प्रकाशित मिति : २७ भाद्र २०७७, शनिबार  ३ : ०६ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर