केराको जुसले यसकारण घट्छ पेट « Khabarhub

केराको जुसले यसकारण घट्छ पेट


२४ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- दिनभरको भागदौड र व्यस्तताले भरिएको जिन्दगी र अनियमित खानपानले गर्दा हामी आफ्नो स्वास्थ बिग्रिरहेको हुन्छ ।

जसको कारणले कैयन शारीरिक समस्याहरुको सामना गरिरहनु परेको हुनसक्छ। यस्तै एक समस्या हो- मोटोपना ।

जसबाट बच्नको लागि हामी धेरै खालका उपायहरु पनि अपनाउछौँ । घन्टौँ जीममा पसिना बगाँउछौ र धेरै खालको शारीरिक अभ्यासहरु पनि गछौं तर पनि त्यसबाट छुटकारा पाउन सक्दैनौं ।

धेरै मानिस यस्ता हुन्छन् कि उनीहरु मोटोपना घटाउन खाना कम खान्छन तर यी मानिसहरुलाई यो थाहा हुँदैन कि यसले मोटोपना त कम हुनुको सट्टा अन्य कैयौं समस्याहरुको सामना गर्नुपर्छ ।

त्यस्तै यसले मोटोपना कम भइहाले पनि तपाईको अनुहारको चमक हराउने छ ।

हामी तपाईलाई यस्तो ड्रिंकको बारेमा बताउन गइरहेका छौं जसको मद्दतले तपाई सजिलै आफ्नो तौल कम गर्न सक्नुहुनेछ । केरा बाट बनेको यो ड्रिंक धेरै नै फाइदाजनक हुन सक्छ ।

तपाई अब सोचिरहनु भएको छ होला केरा खानाले कसरी तपाईको पेट कम होला तर तपाईलाई यो थाहा दिउ कि केरामा भरपुर मात्रामा पोषक तत्वहरु पाइन्छन् । यसमा पोटाशियम पाइन्छ जसले तपाइलाई मसल्स बनाउन मद्धत गर्छ, यसको साथै यसले तपाईको शरिरको विषाक्त पदार्थ बाहिर निकाल्छ । त्यसैले किन ढिलो गर्ने यसरी लिनुहोस केराको ड्रिङ्कको मजा ।

कसरी तयार गर्ने ?

आवश्यक सामग्रीहरुः
१. एक चम्चा नरिवलको तेल
२. एउटा पाकेको केरा
३.एउटा सुन्तला
४. एक चौथाइ चम्चा अदुवाको धुलो
५. आधा गिलास चिल्लो नभएको दही
६. दुई चम्चा बटर
७. दुई चम्चा अलसीको बिउ

यसरी बनाउनुहोस्

सबैभन्दा पहिले ब्लेन्डरमा यी सबैकुरा राखेर राम्रोसँग ब्लेन्ड गर्नुहोस् । जब यो पेस्ट स्मुथ बन्छ त्यसपछि ब्लेन्डर बन्द गर्नुहोस् र यसलाई एउटा गिलासमा राखेर पिउनुहोस् । केही दिनमै तपाईको शरीरमा परिवर्तन देखिन थाल्छ ।

 

प्रकाशित मिति : २४ माघ २०७७, शनिबार  ५ : ५५ बजे

ट्राफिक नियम उल्लङ्घनमा कडाइ गर्न ५ हजारदेखि ५० हजारसम्म जरिवानाको प्रस्ताव

काठमाडौं– पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले ट्राफिक नियम उल्लङ्घनमा

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन स्थल फेरियो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको स्थल

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीहरू साथ दिन तयार भएनन्

वाशिङ्टन- इरानसँग गरेको प्रारम्भिक शान्ति समझौतालाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड

उद्यमशीलता एवम् पर्यटनसँग जोडिँदै मकवानपुरको दारको ठेकी

बागमती– मकवानपुरको पहिचानका रुपमा रहेको दारको ठेकी यहाँका स्थानीयको उद्यमशीलता

गुरुकुलमा यौन अपराध : ‘अपवित्र’भएँ भन्दै नाबालिग रोएपछि बाहिरियो घटना

काठमाडौं- बूढानीलकण्ठ नगरपालिका–५ स्थित अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) मा हुने