चीनबाट प्रवेश गर्न खोज्नेलाई गोली हान्न उत्तर कोरियाको आदेश « Khabarhub

चीनबाट प्रवेश गर्न खोज्नेलाई गोली हान्न उत्तर कोरियाको आदेश


२७ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- उत्तर कोरियामा कोरोना भाइरसको संक्रमण फैलिन नदिन उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

उत्तरले आफ्नो देशमा कोरोना संक्रमण शुन्य भएको दाबी गर्दै अन्य देशबाट आउने मानिसहरुको प्रवेशलाई निकै कडाइ गर्दै आएको छ । अझ उसले चिनियाँ नागरिकलाई भने विशेष निगरानीमा राखेको छ ।

दक्षिण कोरियास्थित अमेरिकी सेनाका अनुसार उत्तर कोरियाले चीनबाट उत्तरमा प्रवेश गर्न खोज्ने जोकोहीलाई पनि गोली हान्नेसम्म आदेश दिएको छ।

गत जनवरीदेखि नै उत्तरले चीनसँगको सिमाना बन्द गरेको छ।

दक्षिण कोरियास्थित अमेरिकी सेनाका कमाण्डर रोवर्ट अब्राम्सका अनुसार चीनको सिमानाबाट लकडाउको समयमा लुकिछिपी खानेकुरा तथा लत्ताकपडाहरु ल्याउने कार्य भइरहेको छ।

चीनबाट उत्तर प्रवेश गर्न खोज्नेमा कोरोना देखिनसक्ने भन्दै उत्तरले चीनबाट प्रवेश गर्न खोज्नेलाई गोली हान्न आदेश दिएको अमेरिकी सेनाको भनाइ छ। हिन्दुस्तान टाइम्सबाट

प्रकाशित मिति : २७ भाद्र २०७७, शनिबार  ८ : ०० बजे

कांग्रेस महाधिवेशन : उदयशमशेरले दिए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा उदयशमशेर राणाले महामन्त्री पदमा

कमला नदीको पुल निर्माण अन्तिम चरणमा, मङ्सिरदेखि सञ्चालनमा ल्याइने

जनकपुरधाम– पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जिल्ला जोड्ने कमला

म्यारियटमा ‘द एसेन्स अफ जापान’ : एडामामेमा जापानका परिकारको यात्रा

काठमाडौं– काठमाडौं म्यारियट होटलको विशेष एसियन रेस्टुरेन्ट एडामामेले ‘द एसेन्स

कोप–३१ मा जलवायु वित्त र ऊर्जा रूपान्तरण मुख्य मुद्दा बन्ने

पेरिस- विश्वव्यापी तापक्रम वृद्धि र जलवायुजन्य क्षति बढिरहेका बेला टर्कीको अन्ताल्यामा

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा पूर्वमुख्यमन्त्री शाहीको उम्मेदवारी

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीको