कतारबाट १५३ नेपाली स्वदेश फर्किए « Khabarhub

कतारबाट १५३ नेपाली स्वदेश फर्किए



दोहा- कोरोना भाइरस लगायत अन्य विभिन्न कारणले कतारमा अलपत्र परेका १५३ जना नेपाली स्वदेश फर्किएका छन् ।

नेपाली दूतावासको समन्वय र नेपाल सरकारको सहजीकरणमार्फत ३७ औं उडानबाट १५३ जना नेपाली स्वदेश फर्किए हुन् ।

दोहाबाट काठमाडौंका लागि हिमालय एयरलाइन्सको ९५६३२ उडानमार्फत ११ महिलासहित १५३ जना स्वदेश फर्किएको कतारस्थित नेपाली दूतावासका द्वितीय सचीव प्रबीण भट्टराईले जानकारी दिए ।

दुवै उडानमा समावेश भएका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले कोभिड -१९ परीक्षण गरी पीसी आर नेगेटिभ भएको प्रमाणपत्रसहित यात्रा गरेको सचिव भट्टराईले बताए ।

स्वदेश फर्कन लागेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको यात्राको समन्वय, सहजीकरण तथा बिदाईका लागि दूतावासका कर्मचारीहरु हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।

दूतावासका अनुसार हिमालय एयरलाइन्सले आगामी सेप्टेम्बर २३ तारिखका लागि उडान गर्ने तय भएको जनाएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७७, शनिबार  ८ : १४ बजे

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित एसमोडमा