स्वास्थ्यमन्त्रीद्वारा कोरोना संक्रमणमुक्त भएकासँग अन्तरक्रिया « Khabarhub

स्वास्थ्यमन्त्रीद्वारा कोरोना संक्रमणमुक्त भएकासँग अन्तरक्रिया


२७ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले मन्त्रालयमा कार्यरत कर्मचारीमध्ये कोरोना जितेर फर्किएकासँग अन्तरक्रिया गरेका छन् ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि नेतृत्व गरिरहेका मन्त्रालयमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि उनले यअघि सम्बन्धित कर्मचारीसँग फोनमा कुराकानी गरेका थिए ।

मन्त्रालयका उच्चअधिकारीलाई सँगै राखेर मन्त्री ढकालले कोरोना पोजेटिभ भएका कर्मचारीको अनुभव तथा भोगाइ सुने । उनले समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्ने अवस्था आएको उल्लेख गर्दै कोरोना जितिसकेका कर्मचारीको वास्तविक अनुभव बाहिर आउनुपर्ने बताए ।

मन्त्री ढकालले कोरोना महामारीविरूद्धको लडाइँको अग्रमोर्चामा बसेर सामना गरिरहेका चिकित्सक, नर्स, स्वाथ्यकर्मी, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, पत्रकारलगायत सबैको उच्च सम्मान गरे।

उनले कोरोनाबाट बच्नका लागि पूर्वजीवनशैलीमा परिवर्तन गर्नुपर्ने सुझाव दिँदै देशभर यस्तो खालको सन्देश प्रवाह गर्नुपर्ने बताए । मन्त्री ढकालले कोरोनाबाट बच्नका लागि उच्च मनोबलको खाँचो रहेकामा जोड दिँदै कोही पनि आतङ्कित हुन नहुने बताए ।

प्रकाशित मिति : २७ भाद्र २०७७, शनिबार  ८ : ४४ बजे

धादिङमा ५२ किलो अफिम र तीन वटा भरुवा बन्दुक बरामद

धादिङ – फरार प्रतिवादीको खोजीमा खटिएको धादिङ प्रहरीले ठूलो परिमाणमा

मर्दी पदयात्राका क्रममा एक पर्यटक बेपत्ता

कास्की – कास्की जिल्लामा अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने मर्दी हिमाल

इँटाका चाङले पुरिँदा तीन मजदुरको मृत्यु

काठमाडौँ । सर्लाहीको हरिपुर नगरपालिका–५ कृष्ण इँटा उद्योगमा चाङ खस्दा

मनसुनबाट २ लाख २६ हजार ६६१ व्यक्ति प्रभावित हुने अनुमान

काठमाडौं – यसपालि मनसुनको समयमा दुई लाख २६ हजारभन्दा बढी

निरुता बनिन् राष्ट्रिय महिला भलिबल टोलीको नयाँ कप्तान

काठमाडौं – ओपन स्पाइकर निरुता ठगुन्ना नेपाली राष्ट्रिय महिला भलिबल