बाह्रबिसेका १७ घरमा क्षति, २६ बेपत्तामध्ये ५ को शव फेला | Khabarhub Khabarhub

बाह्रबिसेका १७ घरमा क्षति, २६ बेपत्तामध्ये ५ को शव फेला


२८ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सिन्धुपाल्चोकको बाह्रबिसेमा पहिरोले पुरिएर १७ वटा घर पुरिँदा बेपत्ता भएका २६ जनामध्ये ५ को शव फेला परेको छ ।

बाह्रबिसे वडा नम्बर ७ घुम्थाङको नागपुजे र भीरखर्कमा खसेको पहिरोमा १७ घर पुरिँदा २६ जना बेपत्ता भएकोमा ५ को शव फेला परेको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए ।

घटनास्थलमा अहिले खोजी तथा उद्धार जारी रहेको छ । बेपत्ताहरू अझै सम्पर्कमा नआएकाले मृतकको संख्या बढ्न सक्ने उनले बताए ।

शनिबार राति ६ घण्टासम्म परेको भारी वर्षापछि भीरखर्कबाट पहिरो खस्दा नागपुजेमा बढी क्षति गरेको बाह्रबिसेका मेयर निमफुन्जो शेर्पाले जानकारी दिए ।

‘अहिले घटनास्थलमा उद्धार जारी छ, भीरखर्कबाट खसेको पहिरोले नागपुजे र भीरखर्का गरी १७ घरमा क्षति पुर्‍याएको छ,’ मेयर शेर्पाले भने, ‘जुमखर्कामा पनि पहिरो गएको जानकारी आएको छ विस्तृत विवरण आउन केही समय लाग्छ ।’

तस्वीर : बजिरसिंह भण्डारीको फेसबुकबाट

गृहजिल्लामा पहिरो गएपछि सभामुख अग्निप्रसाद सापकोटासहितको टोली पनि घटनास्थलतर्फ गएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७७, आइतबार  ९ : ३० बजे

‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना र ४५ सवारीसाधनमा आगजनी

सुर्खेत – ‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना

तोडफोड तथा आगजनी गर्नेलाई खोज्दै प्रहरी

चितवन – जेनजी आन्दोलनमा तोडफोड, आगजनी र लुटपाटमा संलग्नको खोजीमा

विजयादशमीको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे

काठमाडौं – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको विजयादशमीको

बुधबार नेपालभर सार्वजनिक बिदा

काठमाडौं – गृह मन्त्रालयले ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूको सम्मानस्वरूप

कर तिर्ने समय एक महिना थप

काठमाडौं – सरकारले कर तिर्ने समय एक महिना थप गरेको