बाह्रबिसेका १७ घरमा क्षति, २६ बेपत्तामध्ये ५ को शव फेला « Khabarhub

बाह्रबिसेका १७ घरमा क्षति, २६ बेपत्तामध्ये ५ को शव फेला


२८ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सिन्धुपाल्चोकको बाह्रबिसेमा पहिरोले पुरिएर १७ वटा घर पुरिँदा बेपत्ता भएका २६ जनामध्ये ५ को शव फेला परेको छ ।

बाह्रबिसे वडा नम्बर ७ घुम्थाङको नागपुजे र भीरखर्कमा खसेको पहिरोमा १७ घर पुरिँदा २६ जना बेपत्ता भएकोमा ५ को शव फेला परेको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए ।

घटनास्थलमा अहिले खोजी तथा उद्धार जारी रहेको छ । बेपत्ताहरू अझै सम्पर्कमा नआएकाले मृतकको संख्या बढ्न सक्ने उनले बताए ।

शनिबार राति ६ घण्टासम्म परेको भारी वर्षापछि भीरखर्कबाट पहिरो खस्दा नागपुजेमा बढी क्षति गरेको बाह्रबिसेका मेयर निमफुन्जो शेर्पाले जानकारी दिए ।

‘अहिले घटनास्थलमा उद्धार जारी छ, भीरखर्कबाट खसेको पहिरोले नागपुजे र भीरखर्का गरी १७ घरमा क्षति पुर्‍याएको छ,’ मेयर शेर्पाले भने, ‘जुमखर्कामा पनि पहिरो गएको जानकारी आएको छ विस्तृत विवरण आउन केही समय लाग्छ ।’

तस्वीर : बजिरसिंह भण्डारीको फेसबुकबाट

गृहजिल्लामा पहिरो गएपछि सभामुख अग्निप्रसाद सापकोटासहितको टोली पनि घटनास्थलतर्फ गएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७७, आइतबार  ९ : ३० बजे

‘प्रधानमन्त्री कप’ गण्डकी प्रदेशस्तरीय क्रिकेट छनोट बिहीबारदेखि

कास्की – ‘प्रधानमन्त्री कप’ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशस्तरीय

‘गलत निशाना’ का कारण इरानी विद्यालयमा क्षेप्यास्त्रले लागेको अमेरिकाको स्पष्टीकरण

वासिङ्टन – इरानको एक विद्यालयमा ‘गलत निशाना लागेका कारण’ टोमाहक

सवारी दुर्घटनामा एक जनाको मृत्यु

सुनसरी – सुनसरीको कोसी गाउँपालिका–४ मा आज सवारी दुर्घटना हुँदा

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौं – साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

हिमालयन ह्वाइटवाटर च्यालेन्जको दोस्रो दिन जे देखियो (तस्बिरहरू)

चितवन । त्रिशूली नदीमा जारी २४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६