पहिराले सडक भत्किँदा सरकारी कार्यालय जान समस्या « Khabarhub

पहिराले सडक भत्किँदा सरकारी कार्यालय जान समस्या


२८ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी- जिल्ला सदरमुकाम सिलगढीमा रहेका सरकारी कार्यालयमा आवतजावत गर्न यातायातका साधन तथा सेवाग्राहीलाई समस्या भएको छ । यहाँको सरकारी कार्यालयमा जाने एक मात्र सडक पहिराले भत्किएपछि सेवाग्राहीसहित कर्मचारीलाई कार्यालयमा जान निकै समस्या हुँदै आएको हो ।

जिल्ला प्रहरी कार्यालयको गेटबाट जिल्ला प्रशासन हुँदै टुँडिखेल भएर तल्लो बजार र शैलेश्वरी मन्दिर हुँदै मल्लो बजार जोड्ने सडक कृषि विकास बैंक नजिक भत्किँदा आवतजावतमा समस्या भएको सिलगढीका स्थानीय रोशन नेपालीले बताए । उनले भने, “सरकारी कार्यालयमा जाने मुख्य सडक नै पहिराले भत्किएको छ, जसले गर्दा मानिस तथा यातयातका साधनलाई आवतजावत गर्न निकै समस्या भएको छ ।”

डोटीको सिलगढीदेखि अछामको साँफेबगर जोड्ने पहलमानसिंह स्वाँर राजमार्गबाट जिल्ला सदरमुकाम सिलगढीको मुख्य बजारक्षेत्र र अधिकांश सरकारी कार्यालय जोड्ने मुख्य सडकको पर्खाल भत्किँदा यहाँका सरकारी कार्यालयमा जाने सडक पूर्णरूपमा अवरुद्ध भएको हो । पहिरोले भत्किएको सडक मर्मत गरी तत्काल यातायात सञ्चालनका लागि पहल भइरहेको प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले बताए ।

प्रकाशित मिति : २८ भाद्र २०७७, आइतबार  १० : ४१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै