बाह्रबिसे पहिरो : ७ जनाको शव भेटियो « Khabarhub

बाह्रबिसे पहिरो : ७ जनाको शव भेटियो


२८ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ मा खसेको पहिरोमा परेर बेपत्ता भएका ७ जनाको शव फेला परेको छ।

ज्यान गुमाएका ७ जनाकै पहिचान खुलेको छ। नागपुचे र भीरखर्कको पहिरोमा शव फेला परेका ६२ वर्षीया भक्तीमाया श्रेष्ठ, २३ वर्षीया जुनु विक, २४ वर्षीय सुकलाल बिक, २४ वर्षीय सन्देश बिक, ८ वर्षीया सर्किनी नेवार, ६५ वर्षीय धनलाल नेवार र ६५ वर्षिय टासी शेर्पा छन्।

पहिरोमा परेर अन्य २४ जना बेपत्ता रहेको सिन्धुपाल्चोक प्रहरी प्रवक्ता डीएसपी प्रकाश सापकोटाले जानकारी दिए।

नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी, जनप्रतिनिधि र स्थानीयले उद्धार तथा खोजीकार्य जारी राखेको डिएसपी सापकोटाले बताए।

बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुन्जो शेर्पाका अनुसार पहिरोले ३० वटा घरमा पुर्ण क्षति पुगेको छ। २२२ घर जोखिममा परेका छन्।

प्रकाशित मिति : २८ भाद्र २०७७, आइतबार  १२ : १७ बजे

हात्तीपाइलेविरुद्धको दशदिने औषधि सेवन अभियान

खजुरा– जिल्लामा १६औँ पटक हात्तीपाइलेविरुद्धको औषधि सेवन अभियान सुरु भएको

एमाले स्याङ्जाले बनायो गैरेको नेतृत्वमा निर्वाचन परिचालन कमिटी

काठमाडौं– नेकपा (एमाले) स्याङ्जाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

मकवानपुरका ग्रामीण क्षेत्रमा चुनावी चहलपहल

बाग्मती– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

शिर उठाउन नसकेका शेरबहादुर !

बीपीले देश दौडाहामा शेरबहादुर देउवालाई सर्वत्र लिएर जान थालेपछि समकालीन

बालेनले गरे पाथिभरा माताको दर्शन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह