८ कोरोना संक्रमित गर्भवतीको सुरक्षित प्रसूति | Khabarhub Khabarhub

८ कोरोना संक्रमित गर्भवतीको सुरक्षित प्रसूति


२८ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- भरतपुर अस्पतालले कोरोना संक्रमित आठ गर्भवतीको सुरक्षित प्रसूति गराएको छ । अस्पतालको आइसोलेसनमा हाल दुई गर्भवती उपचाररत छन् ।

अस्पतालले संक्रमण भएका सुत्केरीका लागि व्यथा लाग्दा राख्नेदेखि शल्यक्रिया गराउनेसम्म छुट्टै व्यवस्था गरेको छ । उनीहरुबाट जन्मिएको नवजात शिशु राख्न भेन्टिलेटरसहितको व्यवस्था मिलाएको छ । संक्रमित जाने बाटो र राख्ने ठाउँ सिल गरेर अन्यसँग सम्पर्क नहुने गरी व्यवस्था गरिएको छ ।

अस्पतालका सिनियर कन्सल्ट्यान्ट स्त्री तथा प्रसूति रोग विशषेज्ञ डा रामप्रसाद सापकोटाका अनुसार संक्रमणपछि अस्पतालमा प्रसूति गराएका सबै डिस्चार्ज भई स्थानीय तहको आइसोलेसनमा गएका छन् । उनीहरुबाट जन्मिएका नवजात शिशुमा संक्रमण देखिएको छैन । हालसम्म सुत्केरी भएर गएकाहरुको समस्या नआएको उनको भनाइ छ ।

संक्रमितमध्ये तीनको साधारण र पाँच जनाको शल्यक्रिया गरिएको हो । तीमध्ये शल्यक्रिया गरिएका दुई जनाको पछि संक्रमण पुष्टि भएको हो । डा सापकोटाका अनुसार प्रसूति गरिएकामध्ये तीन नवलपरासी, दुई चितवन तथा गोरखा, सप्तरी र मकवानपुरका एकएक जना छन् ।

अस्पतालमा अहिले दैनिक ३० भन्दा बढी प्रसूति हुँदै आएका छन् । अस्पतालले संक्रमित र अन्यको फरकफरक ठाउँमा उच्च सावधानीका साथ प्रसूतिसहित उपचार गराउँदै आएको अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार चितवनसहित विभिन्न जिल्लाबाट यहाँ प्रसूति गराउन र उपचारका लागि आउने गर्दछन् । हरेक वर्ष १३ हजारभन्दा बढीको प्रसूति यसै अस्पतालमा गराइन्छ । राजधानीको परोपकार प्रसूतिगृहपछि धेरै बच्चा जन्माउने अस्पताल भरतपुर हो । उनले भने, “शुरुदेखि नै संक्रमित र अन्यको फरक फरक ठाउँमा सावधानी अपनाएर उपचार गरिएकाले निजीमा भन्दा सरकारी सुरक्षित ठानेर धेरै बिरामी आउने गरेका छन् ।”

अस्पतालमा प्रसूति सेवा निःशुल्क छ । अस्पतालमा लामो समययता व्यथा लागेकादेखि सुत्केरी गराउनेसम्म काम गर्ने अनुभवी स्वास्थ्यकर्मी भएकाले प्रसूति गराउनेहरुको पहिलो गन्तव्य भरतपुर अस्पताल हुने गरेको छ । अस्पतालमा जन्मिसकेका बच्चालाई समस्या परेमा राख्नका लागि बाल सघन उपचार कक्ष पनि रहेको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७७, आइतबार  १२ : ५५ बजे

राष्ट्रिय झन्डा ओढेर जेन-जीका नाममा विध्वंश मच्चाउने रास्वपा कार्यकर्ता समातिए

पोखरा- गत भदौ २४ गते भएको जेन-जीहरूको आन्दोलनका क्रममा राष्ट्रिय

रैथाने बाली संरक्षणमा प्रदेश सरकार, जग्गा बाँझो राख्नेलाई जरिवाना

काँक्रेविहार – कर्णाली प्रदेशमा उत्पादन हुने नौवटा रैथाने प्रजातिका बालीहरू

गोदरेजले नेपालमा इओन रेगालिस एआई फ्रन्ट लोड वाशिंग मसिन सुरुवात गर्दै 

काठमाडौं– गोदरेज एप्लायन्सेसले नेपालमा आफ्नो प्रिमियम इओन रेगालिस ८ किलोग्राम

दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीले अनुसन्धान गर्दै

नयाँदिल्ली– भारतीय फरेन्सिक टोलीहरूले मंगलबार बिहान राजधानी नयाँदिल्लीको मुटुमा भएको

दिल्लीको कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा अनुसन्धान सुरु

नयाँदिल्ली– भारतीय फरेन्सिक टोलीहरूले मंगलबार बिहान राजधानी नयाँदिल्लीको मुटुमा भएको विनाशकारी