जुवाडे पक्राउ गर्दा कार्यालय भित्रै पुगेर प्रहरीमाथि कुटपिट « Khabarhub

जुवाडे पक्राउ गर्दा कार्यालय भित्रै पुगेर प्रहरीमाथि कुटपिट


२८ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – जुवाडेलाई पक्राउ गरेको भन्दै कञ्चनपुरमा प्रहरीमाथि कार्यालयमै कुटपिट भएको छ ।

प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा कार्यरत प्रहरी निरीक्षकसहित केही प्रहरीमाथि कार्यालय भित्रै कुटपिट भएको हो ।

तास खालबाट पक्राउ परेका केही व्यक्तिहरूलाई छुटाउन भन्दै इलाका प्रहरी कार्यालय पुगेको एउटा समूहले ढुंगामुढा गर्दै प्रहरीलाई नै कुटपिट गरेको प्रहरीले जनाएको छ ।

पुनर्वास नगरपालिका मेयर जीवनराम थापाका माइला छोरा देवेन्द्र थापा, भतिज स्वकीय सचिव टेक थापा लगायतको टोलीले इलाका प्रहरी कार्यालयमा ढुंगामुडा गर्नुका साथै कुटपिट गरेको प्रहरीको आरोप छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त एसएसपी मुकेश सिंहका अनुसार अहिले प्रहरी माथिनै कुटपिट भएको घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।

एसएसपी थापाले भने, तास खेलिरहेको अवस्थामा पुनर्वासका केही व्यक्तिहरुलाई नियन्त्रणमा लिएको विषयमा वादविवाद भएर प्रहरीमाथि कुटपिट भएको भन्ने खबर आएको छ, अहिले अनुसन्धान गरिरहका छौं ।

यता मेयर जीवनराम थापाका भतिज तथा स्वकीय सचिव टेक थापाले भने प्रहरीले आफूहरूलाई कुटपिट गरेको दाबी गरेका छन् ।

प्रकाशित मिति : २८ भाद्र २०७७, आइतबार  २ : ०८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै