भारतले उपलब्ध गराएको आपतकालीन राहत सामग्री हस्तान्तरण « Khabarhub

भारतले उपलब्ध गराएको आपतकालीन राहत सामग्री हस्तान्तरण


२८ भदौ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतले सरकारले उपलब्ध गराएको आपतकालीन राहत सामग्री हस्तान्तरण भएको छ ।

राहत सामग्री भारतीय राजदूतावासका नियोग उप–प्रमुख नामग्य सी.खम्पाले प्रतिनिधिसभा सदस्य तथा नेपाल–भारत महिला मैत्री समाजका अध्यक्ष चन्दा चौधरीलाई हस्तान्तरण गरेकी हुन् ।

टेन्ट तथा त्रिपाल लगायतका उक्त राहत सामग्री नेपालका पाँच जिल्लाका बाढी तथा पहिरोबाट प्रभावित परिवारहरुलाई वितरण गरिनेछ ।

बाढी र पहिरोका कारण हालसालै भएको विनास र जनधनको क्षतिलाई ध्यानमा राख्दै यी राहत सामग्रीहरु नेपाल–भारत महिला मैत्री समाजले प्रदेश नम्बर २, ३, ५ र ७ का कैलाली, महोत्तरी, नवलपरासी, सर्लाही र सिन्धुपाल्चोक जिल्लाका स्थानीय सरकारसँग समन्वय गरी वितरण गर्नेछ ।

भारत सरकारको नियमित मानवीय सहयोग तथा आपतकालीन राहत सहायता अन्तर्गत यो राहत सामग्री नेपाललाई वितरण गरिएको हो ।

प्रकाशित मिति : २८ भदौ २०७७, आइतबार  ३ : ०९ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस