सामाजिक सञ्जालले फैलाउँछन् ‘फेक’ सूचना « Khabarhub

सामाजिक सञ्जालले फैलाउँछन् ‘फेक’ सूचना


२८ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालका अधिकांश इन्टरनेट प्रयोगकर्ताले युट्युब, फेसबुक र ट्विटरबाट मिथ्या सूचना प्राप्त गर्ने गरेको देखिएको छ ।

सेन्टर फर मिडिया रिसर्च नेपालको सर्वेक्षणले सहभागीमध्ये ९५.५ प्रतिशत इन्टरनेट प्रयोगकर्ताले विशेषगरी युट्युब, फेसबुक र ट्विटरजस्ता सामाजिक सञ्जालमा मिथ्या सूचना हुने गरेको बताएका हुन् ।

सेन्टरले सन् २०१९ को नोभेम्बरमा गरेको नेपाल ट्विटर प्रयोगकर्ता सर्वेक्षण २०१९ मा सहभागी प्रयोगकर्ताको जवाफले यो अवस्था देखाएको हो ।

सो सेन्टरका अध्यक्ष ऋषिकेश दाहालले आम नागरिकलाई मिथ्या र सही सूचना छुट्याउन सहयोगी हुने किसिमको प्रभावकारी र बहुआयामिक योजना निर्माणका लागि सम्बन्धित सरोकारवालाले ढिलो गर्न नहुने बताए ।

सर्वेक्षणमा सहभागीमध्ये ९५।५ प्रतिशतले बितेको एक साताको अवधिमा इन्टरनेट प्रयोग गर्दा मिथ्या सूचना भेटेको बताएका थिए । युट्युब चलाउनेहरूले आफ्नो च्यानल बढी चलाएर पैसा कमाउन पनि विषयलाई बढाई–चढाई गर्ने र मिथ्या सूचनासमेत दिने गरेका छन् ।

दुई तिहाइभन्दा धेरैले फेसबुकबाट र आधाभन्दा बढीले ट्विटरबाट मिथ्या सूचना प्राप्त गरेको बताएका छन् । सत्र प्रतिशतले भने अन्य वेबसाइटबाट र एकदमै थोरैले पत्रपत्रिकाबाट मिथ्या सूचना प्राप्त गरेको बताएका छन् ।

पछिल्ला दुई वर्षमा भएका सर्वेक्षणले मिडियाको विश्वसनीयता ९० प्रतिशतभन्दा बढी देखाएको छ । मिडिया अनुसन्धानकर्ता तिलक पाठकले भूलसुधार गरिहाल्ने र क्षमायाचनासमेत माग्ने गरेका कारण पनि सर्वसाधारणले यी मिडियालाई बढी विश्वास गर्ने गरेको बताए ।

दुई तिहाइभन्दा बढी लगभग ७४ प्रतिशतले नेपाली समाज र राजनीतिका लागि मिथ्या सूचना समस्या भइसकेको बताए भने १२ प्रतिशतले यो भविष्यमा समस्याका रूपमा आउन सक्ने देखिएको छ ।

यसरी हेर्दा लगभग ९७ प्रतिशत उत्तरदाताहरूले मिथ्या सूचना हाम्रो समाजका लागि समस्या उत्तरदातामध्ये ८७ प्रतिशतले इन्टरनेटमा आउने मिथ्या सूचनाले चिन्तित बनाएको र पाँच प्रतिशतले चिन्ता नलागेको बताएका थिए ।

उत्तरदातामध्ये धेरैले इन्टरनेटमा मिथ्या सूचनालाई न्यूनीकरण गर्न सरकार र मिडियाको प्रमुख भूमिका हुने र चालीस प्रतिशतले मिडियालाई र ३८ प्रतिशतले सरकारलाई सबैभन्दा बढी उत्तरदायी भएको बताए ।

एकभन्दा धेरै उत्तर दिन मिल्ने प्रश्नमा ३२ प्रतिशतले प्रयोगकर्तालाई र ३० प्रतिशलले सूचनाको माध्यम सबैभन्दा बढी उत्तरदायी हुनुपर्ने बताएका थिए भने नागरिक समाजलाई मिथ्या सूचना न्यूनीकरणमा सबैभन्दा बढी उत्तरदायी ठान्नेको सङ्ख्या २२.५ र अन्य सरोकारवालालाई नौ प्रतिशतले उत्तरदायी ठानेका थिए ।

सेन्टरका पूर्वअध्यक्ष भुवन केसीले आउँदो निर्वाचनहरूमा मात्रै नभएर नागरिकका राजनीतिक एवम् सामाजिक मुद्दाहरूलाई नै प्रभाव पार्न सक्ने मिथ्या सूचना नेपालको लोकतन्त्रका लागि नै ठूलो खतरा भएको बताए ।

प्रकाशित मिति : २८ भाद्र २०७७, आइतबार  ४ : ५२ बजे

अनलाइनबाट मतदाता नामावली दर्ता

तनहुँ– निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः

फोहर वर्गीकरण गर्न टीकापुर नगरपालिकाको आग्रह

कैलाली– टीकापुर नगरपालिकाले घरबाट निस्केका फोहरलाई वर्गीकरण गरेर राख्न आग्रह

रास्वपाको उदयमा बालेनको नेतृत्व : जनलहरको अग्निपरीक्षामा नयाँ सरकार

हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचन परिणाम धेरै अर्थमा ऐतिहासिक, अभूतपूर्व र

वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध

नवलपरासी– वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ

इजरायल र हिजबुल्लाहबीच भीषण आक्रमण : अमेरिका-इरान युद्धविराम संकटमा

जेरुसेलम – इजरायलले लेबनानमा भीषण हवाई आक्रमण गरेपछि अमेरिका र