गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुग्यो « Khabarhub

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुग्यो


२८ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- गण्डकी प्रदेशका थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसहित गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार विज्ञप्ति जारी गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, काठमाडौंको अद्यावधिक विवरण उद्घृत गर्दै कास्की, तनहुँ र गोरखाका ३ जना संक्रमितको मृत्यु भएको पुष्टि गरेको हो । मृत्यु हुनेमा २ पुरुष र १ महिला छन् ।

कास्कीको मादी गाउँपालिका–४ स्थायी घर भई हाल काठमाडौं नयाँबजार बस्ने ५१ वर्षीय पुरुषको सशस्त्र प्रहरी बल अस्पताल, बलम्बुमा उपचारक्रममा भदौ २६ मा निधन भएको छ । ज्वरो, खोकी तथा श्वासप्रश्वासमा समस्या पछि भदौ २३ मा नमुना संकलन भएकोमा भोलिपल्ट कोरोना पुष्टि भएको थियो । उनी २४ मै अस्पताल भर्ना भएका थिए । उनी क्यान्सर, हाइपोथाइराडिजमका बिरामी थिए ।

यस्तै, तनहुँको आँवुखैरेनी–४ निवासी ७६ वर्षीया महिलाको भदौ २४ गते मनमोहन कार्डियो भास्कुलर उपचार केन्द्र, शिक्षण अस्पताल, महाराजगञ्जमा निधन भएको छ । मुटुसम्बन्धी समस्याबाट पीडित उनी भदौ २० मा अस्पताल भर्ना भएकीमा भदौ २३ मा कोरोना पुष्टि भएको थियो ।

उता, गोरखाको भीमसेन थापा–३ का ४५ वर्षीय पुरुषको भदौ २७ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंमा निधन भएको छ । भदौ २३ मा कोरोना संक्रमण पुष्टि भएको उनमा मिर्गौलासम्बन्धी समस्या थियो ।

गण्डकी प्रदेशमा कुल संक्रमित संख्या २ हजार ९ सय ७१ पुगेको छ । गएको २४ घण्टामा गण्डकीमा ६८ संक्रमित थपिएका हुन् । निको हुने १ हजार ८ सय ६१ रहेका छन् ।

प्रकाशित मिति : २८ भाद्र २०७७, आइतबार  ६ : २२ बजे

हङकङबाट नेपालतर्फ लागे शेरबहादुर देउवा, पाँच महिनापछि स्वदेश फर्किँदै

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा लामो

किशोर श्रेष्ठ पक्राउ परेपछि उपसभामुखको विवादास्पद पोस्ट : ‘पत्रकारको भेषमा राक्षस हाे’

काठमाडाैं – पत्रकार किशोर श्रेष्ठ पक्राउ परेपछि प्रतिनिधिसभाकी उपसभामुख रूबी

शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवाबारे छलफल

काठमाडाैं – सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

युवा वर्गको चाहनाअनुसारको काम गरेर देखाउनुपर्ने छ : सभापति लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकले

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौं – पत्रकार किशोर श्रेष्ठ बुधबार राति पक्राउ परेका छन्