यसरी घरमै बनाउन सकिन्छ ग्यास्ट्रिकको दबाई « Khabarhub

यसरी घरमै बनाउन सकिन्छ ग्यास्ट्रिकको दबाई


२८ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अहिले अधिकांश मानिसलाई ग्यास्ट्रिकको समस्याले सताउने गरेको छ ।  मानिसहरु खान नपाएर भन्दा पनि खान नजानेर रोगी बन्ने गरेका छन् ।

अल्छि स्वभाव हुनु, अत्याधुनिक जीवनशैली, कम ब्यायाम, मिसावट युक्त अन्न, विषादीपूर्ण तरकारी, जिब्रोले स्वाद माने अत्याधिक भोजन जस्ता स्वास्थ्य प्रतिकूल क्रियाकलापले मानिस रोगबाट ग्रसित हुने गरेका छन् ।

मसालेदार, तारेभुटेको खानले पनि स्वास्थ्य सम्बन्धी समस्या बढ्ने गरेको छ । यसले ग्यास्ट्रिकलाई झन बढाउने गर्छ । यसका लागि हामीले यहाँ केही घरेलु विधिबारे जानकारी दिएका छौं ।

ज्वानो र बिरे नुन त हामी सबैको भान्छामा हुने गर्छ । यसलाई ग्यास्ट्रिकको दबाई बनाउन सकिन्छ ।

औषधी बनाउने विधि यस्तो छ-

बिरे नुनलाई धुलो हुने गरी पिसौं। ज्वानो ५ चम्चा जत्ती भुटौं र त्यो पनि पिसौं। ५ चम्चा ज्वानोमा करीब १ चम्चा बिरे नुन मिसाऔँ । यही अनुपातमा आफुूलाई चाइने मात्रामा तयार गरेर एउटा बन्द भाडोमा राख्न सकिन्छ। जब आफूलाई रोगबाट पीडित महसुस हुन्छ तत्काल यस्को प्रयोग गर्न सकिन्छ। तत्कालै यसबाट राहत पाईन्छ।

रोग नियन्त्रणमै छ भने राति सुत्नु अघी २ चम्चा यो तयार गरेको औषधी खाएर सुत्दा बिहान पेट सफा हुनुका साथै दिसा खुलेर आउँछ।

प्रकाशित मिति : २८ भाद्र २०७७, आइतबार  ३ : २४ बजे

एन्फाका पूर्वाध्यक्ष कर्माछिरिङ शेर्पा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्वाध्यक्ष कर्र्माछिरिङ शेर्पा

रास्वपाको पहिलो महाधिवेशनले उब्जाएका १० प्रश्न

काठमाडौं । छ दिनसम्म लगाएर राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो महाधिवेशन

युरोपमा किन बढ्यो गर्मी, अस्तव्यस्त जनजीवन

काठमाडौँ । युरोपमा दिनप्रतिदिन भीषण गर्मीले रेकर्ड तोडिरहेको छ। अत्यधिक

महाधिवेशनसँगै नयाँ र पुरानोको द्वन्द्व सकियो, गुट र उपगुट पनि अन्त्य भयो : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले

अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छ: प्रधानन्यायाधीश शर्मा

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायिक विषयवस्तुसम्बन्धी