कुमारी बैंकद्वारा महेन्द्रनगरमा कोरोना रोकथामका लागि जनचेतना कार्यक्रम | Khabarhub Khabarhub

कुमारी बैंकद्वारा महेन्द्रनगरमा कोरोना रोकथामका लागि जनचेतना कार्यक्रम


२८ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कुमारी बैंक लिमिटेड सुदूरपश्चिमको महेन्द्रनगरमा कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण सम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन गरेको छ ।

सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि बैंकले गत शुक्रबार महेन्द्रनगर बजारमा सामाजिक सचेतनामुलक कार्यक्रम गरेको हो ।

कार्यक्रममा बैंकका कंचनपुर शाखा, झलारी शाखा तथा चादनीदोधारा शाखाका कर्मचारीहरु समेतको पनि उपस्थिति रहेको थियो ।

बैंकको प्रादेशिक कार्यालयबाट विहान ९ बजे देखी सुरु भै चम्मन चौराहाबाट सब्जीमण्डी हुदै महेन्द्रनगर बजारको १ नं., २ नं. ३ नं. , ४ नं. र ५ नं. गल्ली परिक्रमा गरी बैंकको प्रादेशिक कार्यालयमा ११ बजे समापन भएको थियो ।

उक्त कार्यक्रममा बैंकले महेन्द्रनगर वजारमा मास्क लगाउन प्रेरित गरी मास्क नलगाई हिँडेका विभिन्न व्यक्तिहरुलाई १००० थान मास्क तथा १५० थान हयान्ड स्यानीटाईजर वितरण गरेको थियो ।

कार्यक्रममा कर्मचारीले मास्क प्रयोग गर्ने, सामाजिक दूरी कायम गर्ने, स्यानीेटाईजर प्रयोग गर्ने, भिडभाड नगर्ने तथा साबुन पानीले हात धुने जस्ता विविध सचेतनामूलक नारा लेखिएका व्यानर तथा प्ले–कार्ड बोकेका थिए ।

सुदुरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख दीपक खनालले कोभिड–१९ नियन्त्रण र रोकथामका लागि यो कार्यक्रम निकै उपयोगी हुने साथै आगामी दिनमा पनि सचेतनामूलक कार्यक्रमहरु जारी राख्ने जनाए ।

कुमारी बैंक लिमिटेडको सुदूरपश्चिम प्रदेशमा १९ वटा शाखा र ८ वटा ए.टी.एम. संचालनमा रहेका छन्  । देशभर १८६ शाखा, १३ एक्सटेन्सन काउन्टर, २२ शाखारहित बैंकिङ्ग सेवा र १०८ ए.टी.एम. संचालनमा रहेका छन् ।

बैंकले लकडाउनमा पनि सुरक्षाका उपायहरु अपनाई बैंकिङ्ग सेवाहरु दिँदै आएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७७, आइतबार  ४ : ०८ बजे

युएईको भ्रमण गर्दै ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बिहीबार संयुक्त अरब इमिरेट्स

चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र

चितवन– चितवनको समग्र विकासका लागि सङ्घीय सरकारले विनियोजन गरेको बजेटमध्ये

तराई, पहाड र हिमालको अनुभव हुने ‘ग्रेटर मुन्दुम ट्रेल’

खोटाङ– खोटाङको मैयुङ ट्याम्के साल्पा सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्रले ‘ग्रेटर

हावाहुरीले घर भत्किँदा एक जनाको मृत्यु

झापा– हावाहुरीका कारण घर भत्किँदा झापामा बुधबार राति एक जनाको

भूमिहीन भएको चार दशकपछि जग्गाधनी पुर्जा

बाँके– पुस्तौँदेखि बसोबास गर्दै आएको जमिनको लालपुर्जा पाएपछि बाँकेको कोहलपुरका