भ्रष्टाचार नियन्त्रणमा ट्रान्सपरेन्सी | Khabarhub Khabarhub

भ्रष्टाचार नियन्त्रणमा ट्रान्सपरेन्सी


२८ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा- भूकम्पपछिको पुनःनिर्माणमा भएको अनियमितता र ढिलासुस्तीका सवालमा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले रसुवा जिल्लाको अध्ययन कार्यलाई तीव्र बनाएको छ ।

ट्रान्सपरेन्सी रसुवाले बुधबार पत्रकार सम्मेलन गरी रसुवाको साविक १८ गाविस तथा हाल पाँच गाउँपालिकाअन्तर्गत २७ वडामा भएका पुनःनिर्माण सम्बन्धित गतिविधि स्थलगतरूपमा अध्ययन भइरहेको बताएको छ । केही गाउँपालिकामा जनजीविका नचल्ने एककोठे घरसमेत निर्माण हुँदै गरेको पाइएको र कतिपय आवासमा शौचालयसमेत निर्माण नहुँदा वातावरणमा समेत नकारात्मक असर पर्ने देखिएको ट्रान्सपरेन्सीले जानकारी दिएको छ ।

रसुवा जिल्ला खुला दिसामुक्त क्षेत्र घोषणा भइसकेको अवस्थामा सरकारी अनुदानबाट निर्माण भएको निजी आवासमा शौचालयको व्यवस्था हुनुपर्ने भए पनि गाउँगाउँमा खटिएका प्राविधिकले जागरण नल्याउँदा शौचालय निर्माण हुन नसकेको सो अवसरमा जानकारी गराइएको थियो ।

विसं २०७२ को भूकम्पबाट घर क्षति भई बसोबासको व्यवस्था नभएका प्रत्येक परिवारलाई सुरक्षित स्थानमा आवास निर्माण गर्ने सरकारको पवित्र नीति भए पनि कार्यान्वयन गर्ने निकायले ठूला–ठूला पक्की भएका तर भूकम्पले क्षति नभएका पक्की घरधनीलाई समेत आसपासमा एककोठे छाप्रो बनाउन स्वीकृति दिँदा अनुदानको सही सदुपयोग हुन नसकेको ट्रान्सपरेन्सीले जनाएको छ ।

राज्यले जारी गरेको नीतिनियमका अधीनमा रही आफ्नो संस्थाले अनियमिताविरुद्व अध्ययन गरी सरोकारवालालाई सुधार गर्न आग्रह गर्ने बताउँदै उक्त संस्थाका जिल्ला संयोजक विकास आचार्यले कमीकमजोरीका विषयमा आफ्नो केन्द्रीय निकायमार्फत राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसमक्ष छलफल गरिरहेको बताए ।

यस्तै भत्ताको नाममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला एकाइका कर्मचारीले ठूलो परिमाणको रकम खर्च गरेको जनगुनासोलाई मध्यनजर राख्दै खर्चको विवरण माग गर्ने तयारी भइरहेको बताइएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७५, बिहीबार  ७ : ४२ बजे

बझाङमा एमाले ३४१ मतले अगाडि, साइपालको करिब हजार मत गन्न बाँकी

बझाङ- बझाङ प्रदेश सभा १ को निर्वाचनमा नेकपा एमालेका उम्मेदवार

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त ९ वर्षपछि पक्राउ

काठमाडौं – कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त ९ वर्षपछि पक्राउ

रारा क्षेत्रमा अष्ट्रेलियन कम्पनीले सवा अर्ब खर्चेर लक्जरी रिसोर्ट बनाउने

काठमाडौं – नेपालकै ठूलो एवम्‌ मनोरम पर्यटकीय गन्तव्य रारामा अष्ट्रेलियन

चिनियाँ सुरक्षा मञ्जुरी प्राप्त गरेपछि टेस्ला प्रमुख मस्क बेइजिङबाट प्रस्थान

बेइजिङ– आफ्नो कम्पनीलाई चिनियाँ अधिकारीहरूबाट महत्त्वपूर्ण तथ्याङ्क सुरक्षा मञ्जुरी प्राप्त

बझाङ अपडेट : एमाले–१०५६१, कांग्रेस– १०४७०, अन्तर–९१

बझाङ– बझाङ प्रदेशसभा १ मा भएको उपनिर्वाचनको मतगणना जारी रहेको