दुर्घटनामा घाइते क्रिकेट खेलाडी भण्डारीको अप्रेसन गरिने « Khabarhub

दुर्घटनामा घाइते क्रिकेट खेलाडी भण्डारीको अप्रेसन गरिने


२९ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दुर्घटनामा घाइते भएका नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य ललित भण्डारीको अप्रेसन गरिने भएको छ।

आइतबार बेलुका कञ्चनपुरको झलारीमा ट्रक र मोटरसाइकल एक आपसमा ठोकिँदा घाइते भएका भण्डारीको हात र खुट्टामा चोट देखिएपछि अप्रेसन गर्ने तयारी भएको हो ।

धनगढीबाट महेन्द्रनगर जाँदै गरेको से १ ख १३२४ नंम्बरको ट्रकले भण्डारी सवार म २ प ४७०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनीसँगै करन ठगुन्नालाई चोट लागेको थियो।

दुर्घटनापछि गम्भीर घाइते भएका भण्डारीको शुक्लाफाटा क्लिनिकमा प्राथमिक उपचारपछि धनगढीकै निसर्ग अस्पतालमा लगिएको थियो ।

धनगढीबाट गएराति नै नेपालगञ्ज मेडिकल कलेज कोहलपुरका लागि रिफर गरिएका उनको सिटी स्क्यान रिपोर्ट सामान्य आएको आफूले जानकारी पाएको राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर पारस खड्काले बताए।

पूर्वकप्तान खड्का र भण्डारीबीच गएराति नै फोन संवाद पनि भएको छ । `ललितसँग हिजो राति धनगढीबाट कोहलपुर आउनेक्रममा  कुरा भएको थियो । दुई हात र दाहिने खुट्टाको थाईको हड्डीमा चोट लागेको र त्यसको अप्रेसन गर्नुपर्ने एम्बुलेन्समा सँगै रहेका चिकित्सकले भन्नु भएको थियो,´ खड्काले भने।

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  ८ : ४६ बजे

एनपीएलः सर्वाधिक विकेट लिनेको सूचीमा अविनास अगाडि बढ्दा पछाडि परे सन्दीप

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)मा सर्वाधिक विकेट लिने खेलाडीको

कांग्रेस सभापतिमा मेरो आकाङ्क्षा छ : चन्द्र भण्डारी

काठमाडौं– नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीको १५औँ महाधिवेशनमा सभापतिमा

पर्यटन पूर्वाधार निर्माणका सम्झौता निर्माणस्थलमै

पर्वत– पर्यटन तथा उद्योग कार्यालयले प्राविधिक र कर्मचारीको उपस्थितिमा निर्माण

नागढुंगा–मलेखु सडक आजदेखि दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौं– नागढुंगा–नौबिसे–मलेखु सडकखण्ड आजदेखि एकसाताका लागि आंशिक बन्द हुने भएको

सिँचाइ व्यवस्थापन कम्पनी स्थापना गर्ने कुलमानको निर्णय

काठमाडौं – सरकारले नवीनतम यान्त्रिक सिँचाइ आयोजना सञ्चालनका लागि सिँचाइ